पर्यावरणको संरक्षण मानव जातिको कर्तव्य : नेपाली

0
438

काठमाडौं । भू तथा पर्यावरण संरक्षण अभियानले पर्यावरणको संरक्षण विश्व मावन जातिको कर्तव्य बन्न गएको बताएको छ । विश्व पर्यावरण दिवसका अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै अभियानका अध्यक्ष रश्मिराज नेपालीले सो कुरा बताउनु भएको हो ।

विश्व वातावरण दिवस ५ जुन अर्थात् २०७५ जेठ २२ गतेकै दिन अध्यक्ष नेपालीद्वारा जारीप उक्त वक्तव्यमा अगाडि भनिएको छ–“विश्व पर्यावरण दिवसको अवसरमा हामी सम्पूर्ण विश्व र मानव जातिको संरक्षण, सम्बद्र्धन र अस्तित्वको रक्षा हुनु पर्ने कुरामा जोड दिन्छौँ । प्रकृतिमाथि गरिएको जथाभावी अतिक्रमणले मानव जाति र सम्पूर्ण प्राणी जगतको अस्तित्व र भविष्यमा प्रश्नचिह्न खडा भएको छ । त्यसैले आज पर्यावरणको संरक्षण विश्व मानव जातिको कर्तव्य बन्न गएको छ ।

आज विश्वमा औद्योगिक विकासको वृद्धिसँगै पर्यावरणमा प्रतिकूल प्रभाव पार्ने कार्बन मोनोक्साइडको पनि अत्यधिक उत्सर्जन भइरहेको छ । यसरी उत्सर्जन भएको कार्बन मोनोक्साइडले हरित गृहमा रहेको ओजन तहमा क्षति पुर्‍याई प्रकृतिको संरचनामा प्रतिकूल प्रभाव पर्ने विकिरणहरु प्रसारित भएका छन् । त्यसको प्रतिफल पृथ्वीको वातावरणमा विचलन आउनका साथै पृथ्वीको अस्तित्वमा नै सङ्कटको स्थिति पैदा हुने सम्भावनाहरु बढ्दै गइरहेका छन् । खासगरी साम्राज्यवादी तथा विकसित राष्ट्रहरुले पर्यावरण सम्बन्धी अपनाएको नीतिले यो सङ्कटलाई गम्भीर बनाउँदै लगिरहेको छ । यस प्रकारको अवस्थामा विश्व मानव समुदायले उनीहरुको त्यो नीतिको विरुद्ध सङ्घर्ष गर्दै पर्यावरणलाई सन्तुलनमा राख्नका लागि कदम उठाउन आवश्यक छ ।

नेपालमा पर्यावरणको क्षेत्रमा “भू तथा पर्यावरण संरक्षण अभियान” ले महफ्वपूर्ण कार्य गर्दै आएको छ । समितिले अन्तर्राष्ट्रिय र सार्कस्तरीय गरी दुई वटा कार्यक्रमहरु सम्पन्न गरी काठमाडौँ घोषणा पत्रहरु समेत जारी गरिसकेको छ । यी कार्यक्रमहरु वाहेक देशभित्र पर्यावरण संरक्षणको सन्दर्भमा चुरे र महाभारत पर्वतको संरक्षण, चुनढुङ्गा लगायतका प्राकृतिक वस्तुहरुको अनियन्त्रित रूपमा भएको उत्खनन्मा रोक, अनियन्त्रित रूपमा गरिएको प्राकृतिक दोहन र त्यस प्रकारका उद्योगमा रोक लगाउनु पर्ने माग, वन–जङ्गलको संरक्षण, पर्यावरणीय जोखिममा रहेका विभिन्न स्थानहरुको अवलोकन आदि कार्यहरु पनि सम्पन्न भएका छन् । आगामी दिनमा अभियानले पर्यावरण संरक्षणका लागि पहल गरिरहने स्पष्ट गर्दछौँ ।

पर्यावरणको संरक्षण भएपछि नै सम्पूर्ण प्राणी जगतको अस्तित्व रहन सक्दछ । मानव जातिका लागि पनि त्यो कुरा सत्य हो । त्यसैले विश्व जगतबाट नै यसमा गम्भीरतापूर्वक सोचिनु आवश्यक छ । हामी सम्पूर्ण पर्यावरण संरक्षक, अभियन्ता, जनता र सरोकारवाला सबैलाई यस दिशामा कदम चाल्नका लागि पनि ध्यान आकर्षण गराउन चाहन्छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here