नेपाली भुमिले संघीयता धान्न सक्दैन : केसी

0
217

बुटवल । संघीयतालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जति सक्दो छिटो खारेज गर्नुपर्ने बताएको छ। शनिबार प्रगतिशील पत्रकार संघले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संघीयता खारेजीको बिकल्प नै नरहेका बताए ।

केसीले नेपाली भुमिले संघीयता धान्नै नसक्ने  भनेको छ । बिदेशीको ईशारामा नेपालमा संघीयता ल्याइएको भन्दै  नेपालमा प्रजातान्त्रिक विकेन्द्रीकरण सहितको ब्यवस्था उपयुक्त हुने उनले बताए।  एमाले माओवादी गठबन्धनको सरकारलाई जनमोर्चाको समर्थन रहेपनि पार्टी एकताको कुनै सम्भावना नरहेको उनले जनाए।

माओवादीको २१ औ शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवादको सारमा एउटै भएको समेत टिप्पणी गरेको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here