नेपाली कम्युनिस्टहरुको चरित्र र व्यबहार

0
647

अर्जुन शर्मा

वर्तमान शोषणयुक्त विश्वब्यबस्था फ्याकेर त्यसको ठाउँमा समाजावादी राज्यसत्ता निर्माण गर्दै अन्ततः बर्गबिहिन,राज्यबिहिन साम्यवादी समाज निर्माण गर्नु क्रान्तिकारी कम्युनिस्ट पार्टीको उदेश्य हो।पुजीवादी,साम्राज्यवादीहरु हतियारले सज्जित हुने हुदा त्यसको अन्त्य हतियारबद्द लडाईले नै हुने हो।मजदुर बर्गको राज्यसत्ता प्राप्ति पश्चात् पनि पुजीवादी एजेण्ट हरु चलखेल गर्न सक्ने हुनाले त्यसलाई तह लगाउन ‘सर्बहारा बर्गको अधिनायकतब’ आधारभुत रहने कुरा पेरिस कम्युनको असफलता पछि मार्क्सले र त्यसपछि लेनिन,स्टालिन,माओ लगायत नेताहरूले बारम्बार बताएका छन।यहि सिद्धान्त मा संशोधनबादी र अवसरवादीको निरन्तर हमला छ ।

विश्व कम्युनिस्ट आन्दोलन र नेपालमा पनि दक्षिणपन्थीहरुको शान्तिपूर्ण संक्रमण बाट समाजवाद मा पुग्ने र सर्वहारा अधिनायकत्व नचाहने तर्क गरेका हुन्छन यहि एउटा बिसयबाट उनीहरुको चरित्र प्रष्ट पार्न सकिन्छ।एमाले ,माके वा अन्य कतिपय नामधारी कम्युनिस्टहरुबारे।

• संस्कृतमा एउटा भनाइ छ “मनस्यन्यत् कर्णस्यन्यत् दुरात्मनाम्,मनस्येकं वयस्यकं कर्मण्यकं महात्मनाम्”अर्थात दुर्जनहरु मनमा एउटा सोच्छन,मुखले अर्को भन्छन र व्यबहार अर्को गर्छन तर सज्जनहरु एउटै भन्छन/गर्छन त्यही दुर्जनहरुको स्वभाव मेल खान्छ ,कम्युनिस्ट भनाउदा हरुको चरित्र हाम्रो देशमा ।सत्ता बाहिर र संसद मोर्चा सम्म रहदा जनतन्त्र चाहिने,रास्ट्रीयता जाग्ने,सत्तालिप्साको भन्डाफोर गर्ने तर सत्तामा पुगेपछी ती पुरै बिर्सने अझै उल्टै सत्तामा पुग्नै मरिहत्ते गर्ने,गलत सम्झौता गर्ने,सामान्य बुर्जुवा नैतिकता समेत पालना नगर्ने,जनमत बिनै पनि सत्तामा पुग्न कसरत गर्ने,अनि सत्ता प्राप्तिपछि स्वयं क्रान्तिकारी हरुमाथी नै दमन गर्ने,प्रजातान्त्रिक अधिकार खोसेर शान्तिपूर्ण धर्ना जुलुस माथी नियन्त्रण गर्ने ,यिनिहरुको चरित्र।

• क्रान्तिकारी चरित्र के हो त्यो ठ्याक्कै यहि हो भनेर नबताएको भएतापनी जसले सर्वहारा दृस्ठिकोण अपनाउछ,द्वन्द्वात्मक दृस्ठिकोण अपनाउदै प्रकृति ,मानव जीवन र समाजबारे सहि बैज्ञानिक धारण अपनाउदै क्रान्तिकारी आन्दोलनमा सामेल हुन्छ,श्रम प्रती सम्मान गर्दै श्रममा भाग लिन्छ,वर्गसंघर्ष प्रती कटिबद्ध रहन्छ,सामुहिक हित र परिवर्तनमा जोड दिन्छ अथवा संक्षिप्त्तमा सर्वहारा बर्गिय स्थार्थ नै कम्युनिस्ट हरुको मुख्य चरित्र हो।

जनवादी केन्द्रीयता,आलोचना आत्मलोचनाको माध्यम बाट नै सहि क्रान्तिकारी नैतिकता निर्माण गर्न सकिन्छ र दुनियाभरी को न्यायपुर्ण आन्दोलन को समर्थन गर्दै सर्वहारा अन्तरास्ट्रिय तथा समाजवादी देशभक्तिपुर्ण भावनाको बिकास नै सहि नैतिकता हो ,त्यही दिशामा लगातार हिड्नु नै क्रान्तिकारी चरित्र हो।

उत्सास,जोस र क्रान्तिकारी भावना लाई सहि सिद्धान्त ले लैस गर्दै निरन्तर समाज बिकासको दिशामा लाग्नुपर्ने क्रान्तिकारीको महत्त्वपूर्ण दायित्व हुने लेनिन ले बताएका छन तर के नेपाली कम्युनिस्टको त्यो चरित्र भेट्न सकिन्छ?कसैको नाम दाम बहादुर हुदैमा उ धनी नभए जस्तै चाल हो यहाँ आफुलाइ अब्बल क्रान्तिकारी सम्झिने माओवादी केन्द्र तथा कम्युनिस्ट को मुलधार सम्झिने एमाले को गति।सच्चा क्रान्तिकारी नेताहरुको फोटो सम्म बाट तर्सिनेहरु कसरी कम्युनिस्ट हुन सक्लान र !

• वर्तमान कानुन ,नैतिकता ,धर्म पुजीवादी अन्धविश्वास सबै पुजिपती स्वार्थमा निर्माण गरिएको हुन्छ तैपनी कतिपय साझा नैतिकता पनि हुनेगर्छ ,त्यो सामान्य नैतिकता सम्म देखाउन नसक्नेहरु बर्गिय पक्षधरता देखाउने आंट बिरलै होला।उनिहरुमा साम्राज्यवादका नयाँ नयाँ चरित्र ,तिनको पहिचान र त्यसको ससक्त प्रतिरोध गर्ने कुरा सम्भब नै हुदैन।उनीहरुको सत्तामा रस्साकस्सी,असमान सन्धि सम्झौता ,जनतन्त्र बिरोधी कार्यको वर्णन गर्न नपर्ला ।

दुनियाँमा संशोधनबादी अवसरबादी को नेतृत्वमा समाजवाद कतै सम्भब थिएन/छैन र त्यो कोरा कल्पना या जनतामा उदाङ्गिएको छवि लुकाउने कुटिल चालबाजी शिवाय अरु केही होइन।तर यो कुरा सबैका सबैमा लागू हुने नभएर सापेक्षतामा बुझ्ने प्रयत्न गर्नु पर्दछ।कतिपय साना भनिएका कम्युनिस्ट पार्टीहरुमा तुलनात्मक रूपमा केही क्रान्तिकारी चरित्र या छवि रहने गरेको र उनिहरु निरन्तर जनतन्त्रको पक्षमा देखिने गरेका छन ।तर उनीहरुमा पनि कार्यनीति रूपमा विभिन्न समयमा समस्या पाइने गरेको देखिन्छ।कतिपय रणनीतिक रूपमा पनि रनभुल्लमा परे जस्तो पनि पाइन्छ।त्यो सबैका बाबजुत होची मिन्ह ले भनेझै कमसेकम सर्वहारा दृस्ठिकोण लाई सैद्धान्तिक तरिकाले ब्याख्या सम्म गर्नेहरु भएपनी केही अंश सकारात्मक छ।

माथी उल्लेखित विभिन्न कमिकमजोरी को बाबजुत पनि नेपालको रास्ट्रीयता र प्रजातान्त्रिक आन्दोलन समेतमा कम्युनिस्टहरुको महत्त्वपूर्ण भुमिका रहेको कुरा बताइरहन पर्देन।साथै विश्व स्तरमै क्रान्तिकारी आन्दोलनमा ह्रास देखिएता पनि त्यो तत्कालको यथार्थ मात्रै हो भने समाज बिकासको नियम,बस्तुगत स्थिती को बिकासले वर्तमान पुजीवादी,साम्राज्यवादी राज्यसत्ताको पतन र समाजवादी राज्यसत्ता को आगमन अनिवार्य छ।तर त्यसको लागि सच्चा क्रान्तिकारीहरु ठोस परिस्थितिको ठोस विश्लेषण गरि आफ्ना नीति कार्यक्रम बुलन्द गर्दै बर्ग संघर्षमा सामेल हुनै पर्छ। २०७५/०१/१२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here