नेपालमा खेल र पर्यटनको अन्तर्सम्बन्ध

0
504

—रामप्रकाश पुरी

प्रारम्भिक कुरा

विकासविज्ञहरूका अनुसार आउँदो सन् २०३० सम्ममा पर्यटन उद्योग नै विश्वको प्रमुख उद्योग बन्ने छ । मानवजातिले आफ्नो व्यवहार, प्रवृत्ति र कार्यशैलीमा सुधार ल्याई प्रकृति र वातावरणसित मैत्रीपूर्ण व्यवहार कायम गर्नु यस उद्योगका लागि महत्वपूर्ण हुनेछ । प्रकृतिको देन र मानवजातिले निर्माण गरेको सभ्यताको समिश्रणबाट पर्यटन उद्योगको गाढा गुड्ने छ । यस उद्योगबाट प्रकृतिको सम्मान र सम्वर्द्धन हुने कुरा पनि उत्तिकै महत्वपूर्ण छ भने लगानीका दृष्टिबाट पनि यो निकै नै सुलभ उद्योग हुनेछ । राजनीतिमा अपराधीकरण भएन र पर्यटनलाई नेपाली जनताको साझा सम्पत्तिको रूपमा विकास गर्ने राज्य नीति बन्यो भने नेपाली जनताले पर्यटन उद्योगका लागि मात्र योगदान दिए पुग्छ । नेपालको समृद्धिको विषयलाई लिएर कुनै पनि राजनीतिक दलले जनतालाई झुट्टा आश्वासन बाँड्नका लागि दुःख गर्नुपर्ने छैन र उनीहरूले विकासलाई चुनावको ऐजण्डा बनाउन पाउने कानुनी आधार पनि गुमाउने छन् । यसरी विकास एउटा सामाजिक र निरन्तर कार्यको रूपमा अगाडि आउने छ र आम नागरिकको साझा सम्पत्ति बन्न पुग्ने छ । नेपालमा पर्यटन उद्योग प्रवर्द्धनका लागि यहाँको प्राकृतिक स्रोत र साधनको सही उपभोग र परिचालन अत्यन्त आवश्यक कुरा हो । प्रकृति प्रदत्त सम्पत्तिलाई राष्ट्रिय सम्पत्तिको रूपमा स्वीकार गरी त्यसको व्यवस्थापन गर्नु राज्यको कर्तव्य हुन्छ । राज्यले बिभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेर सबैखालका माफियाहरूलाई निरुत्साहित गर्दै प्राकृतिक स्रोत र साधनलाई जनताको हक पुग्ने वस्तुको रूपमा विकास गर्नु अनिवार्य हुन्छ । प्राकृतिक उपहार र मानवनिर्मित कलाकौशल पर्यटनका आधार हुन्छन् भने मानव क्रियाकलापहरू, जस्तै कि खेलकुद, बिभिन्न चाडपर्व, मेला, भेषभूषा, भाषाभाषी, संस्कृति, परम्परा आदि पर्यटन उद्योगलाई जीवन्त बनाउनका लागि सहायक सिद्ध हुन्छन् । मानवसभ्यताका साथमा उत्पादन भएका सामाजिक तथा सांस्कृतिक मूल्यहरूसित खेलकूदलाई जहिले र जस्तोसुकै अवस्थामा पनि जोड्न सकिन्छ । त्यसप्रकारको सम्बन्धले देशको आर्थिक उन्नति र विकासमा ठूलो मद्यत पुर्याउँछ । विषयवस्तुलाई स्पष्ट गर्नका लागि यस आलेखमा पर्यटनको सम्भावना, विकास र प्रवर्द्धनमा खेलकुदको भूमिकाबारे अलग अलग शीर्षकमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१. नेपालमा पर्यटनको सम्भावना र विकास

नेपालमा पर्यटनको सम्भावनालाई नेपालको भौगोलिक संरचना, प्रकृतिदत्त प्राप्तिहरु, मानवनिर्मित कलाकृतिहरु, परम्पराहरु, बिभिन्न जातजातिहरुको संस्कृति र संस्कारहरु लगायतका बिभिन्न विषयहरुसित अन्तरसम्वन्धित अवसरको रुपमा लिन आवश्यक देखिन्छ । नेपालमा पर्यटनको सम्भावना भनेको पर्यटन उद्योगलाई राज्यस्तरबाट गरिने प्रर्वद्धनलाई भन्ने अर्थमा नै बुझ्नु मनासिव हुन्छ । नेपालमा पर्यटनको सम्भावनालाई साकार पारेको खण्डमा नेपालको अर्थतन्त्र बलियो हुनुको साथै रोजगारको व्यवस्थापन भई देशको जनशक्ति देशभित्र नै खपत हुने छ ।

पर्यटन प्रर्वद्धन राज्यस्तरबाट नै भएमा यसले आम जनताको आर्थिक जीवनस्तरलाई माथि उठाउनका साथै मानव विकासको सुचाकंमा प्रतिव्यक्ति आम्दानीलाई विकसित देशहरुको समकक्षी बनाउन सक्ने छ । यो कम लगानी र बढी भन्दा बढी व्यवस्थापकीय ढा“चामा फस्टाउ“छ । त्यसैले यो राज्यको दायित्वमा रहेको खण्डमा पर्यटनबाट प्राप्त हुने उपलब्धी र लाभहरुमाथि आम नागरिकहरुको उपभोगको समान अधिकार रहन्छ र नागरिक दायित्व र कर्तव्यहरुबारे पनि राज्यले आवश्यक नीति नियम प्रदान गर्न सक्दछ ।

नेपालमा पर्यटन विकासका सम्भावनाहरु चारैतिर छरिएर रहेका छन् । नेपाल प्राकृतिक रुपमा नै स्वयम् एउटा पर्यटकीय भूमिका रुपमा रहेकोले पर्यटनको विकास शानदार ढङ्गले गर्न सकिन्छ । तर पर्यटनका अंगहरुलाई पहिचान र व्यवस्थित नगरी कुनै पनि योजना कामयावी हुन सक्दैन । निम्न विषयहरुलाई पर्यटनका अङ्गहरु मानिएको छ —

क. आकर्षण– स्थान र उत्पादन ः यो विषयले पर्यटकहरुको ध्यान आकर्षण गर्दछ । आकर्षण र उत्पादन कस्तो छ ? यो महत्वपूर्ण प्रश्नले पर्यटनको क्षेत्र, विकास र सम्भावनालाई ओगटेको हुन्छ । यसमा –क) प्राकृतिक आकर्षण –ख) मानवनिर्मित आकर्षणहरु पर्दछन् । मानवनिर्मित आकर्षणमा ः कलात्मक तथा सांस्कृतिक सम्पदाहरु, मनोरञ्जन, किनमेल, यातायातमा सवार आदि पर्दछन् । सांस्कृतिक, परम्पराहरु, दृश्यावलोकन, मनोरञ्जन लगायतका बिभिन्न आकर्षणहरुले पर्यटनको सम्भावनालाई निश्चित गर्दछन् । नेपाल सांस्कृतिक परम्परा, प्राकृतिक मनोरम र मानवनिर्मित कलाकृतिहरुको धनी छ । पर्यटकीय आकर्षणका कुराहरु नै यी तत्व भएकोले भविष्यमा नेपालमा पर्यटन उद्योग फस्टाउन सक्ने कुरामा द्धिविधा गरिरहनु पर्दैन । तर राज्यले यस सम्बन्धी उचित नीति र योजना अगाडि सार्नुपर्ने आवश्यकता छ ।

ख. पहुँच र यातायात: पर्यटकको पहुँचमा रहन सकेन भने कुनै पनि क्षेत्रको पर्यटकीय विकास हुन सक्दैन । त्यसैले पर्यटनको विकासका लाथि पहुँच र यातायातको आवश्यकता पर्दछ । नेपालमा पैदल मार्ग, केवुलकार, बिभिन्न प्रकारका गाडीहरु, हवाइमार्ग आदिबाट पहुँच र यातायातलाई व्यवस्था गर्न सकिने अवस्था छ ।

ग. आवास व्यवस्था : आवास व्यवस्था सुरक्षित, आनन्दायक, पारिवारिक, सुविधायुक्त, स्थानीयताको अनुभूति र सुलभ ढंगले प्राप्त हुने प्रकारका हुनु पर्दछ । ग्रामीण पर्यटनको सम्भावना अत्याधिक रहेकोले ती क्षेत्रहरुमा आवास व्यवस्थालाई पारिवारिक र स्थानीयताको अनुभुति हुने गरी निर्माण गरिनु पर्ने हुन्छ । नेपालमा होम स्टेलाई सजिलै प्रवन्ध गर्न सकिने अवस्था छ ।

घ. सर्वसुविधा : सर्वसुविधा अन्तर्गत अतिरिक्त सुविधाहरु पर्दछन् । मानवीय, प्राविधिक लगायतका सुविधाहरुको व्यवस्था गरिनु आवश्यक पर्दछ ।

अहिलेसम्म नेपालमा पर्यटन उद्योगलाई नै नेपाली जनताको आर्थिक मेरुदण्डको रूपमा परिभाषित गर्ने किसिमले सरकारी स्तरबाट योजना निर्माण गरिएको देखिंदैन । तर पनि नेपालको पर्यटन अवस्था साह्रै निराशाजनक स्थितिमा रहेको अवस्था भने होइन । यस क्षेत्रमा राष्ट्रिय पर्यटन परिषद, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस्, टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल(टान), होटेल एसोसियसन अफ नेपाल, नेपाल राप्टिङ एजेन्ट्स एसोसियसन, टुरिष्ट गाइड एसोसियसन अफ नेपाल लगायतका विभिन्न स्थानीय संघ संस्थाहरु कार्यरत भएको पाइन्छ ।

नेपालका पर्यटन उत्पादन

प्राकृतिक विविधता( पहाड, तराई, हिमाल प्रदेश), भौगोलिक आकर्षणहरु, धार्मिक स्थलहरु, साँस्कृतिक विविधता, कला र संस्कृति, चाडपर्वहरु, भेषभूषा, राष्ट्रिय निकुञ्ज, वन्यजन्त’ आरक्षणहरु, सङ्ग्रहालय र ग्यालरीहरु, नेपाली लोकवाजा तथा लोक संस्कृति, विभिन्न ध्यान केन्द्रहरु लगायतका विषयहरु पर्यटन उत्पादन हुन् ।
नेपालमा पर्यटनको महत्व र प्रभावंं
आर्थिक महत्व र प्रभावमा निम्न कुराहरू पर्दछन् ः
—विदेशी मुद्रा आर्जन
—कुल गाहृस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धि
—पू“जीको प्रवाह
—रोजगारीका अवसरहरुको सिर्जना
सामाजिक तथा सांस्कृतिक महत्व र प्रभावमा निम्न कुराहरू पर्दछन् ः
—जीवनस्तरमा वृद्धि
—अन्तराष्ट्रिय भाइचारा र समझदारीको अभिवृद्धि
—शान्तिको प्रर्वद्धन
—सामाजिक अखण्डता
—शैक्षिक मूल्य
—दृष्टिकोणमा परिवर्तन
पर्यटन उद्योगबाट उपर्युक्त महत्वका विषयहरू प्रवर्द्धन र विकास गर्नका लागि ठूलो योगदान हुनेछ । त्यसैले पर्यटन उद्योगलाई व्यवस्थापन गरी यसलाई नेपाली जनजीवनमा सुहाउँदो हुने गरी प्रयोगमा ल्याउन आवश्यक छ ।

दिगो पर्यटन विकासका आधारहरु वा सिद्धान्तहरु

पर्यटक, सहभागिता, सरोकारवालाहरुको संलग्नता, स्थानीय स्वामित्व, स्थानीय व्यवसाय र पर्यटन उद्योगबीच सम्पर्क स्थापना, स्रोतहरुको दिगोपना, सहयोग, धान्नसक्ने क्षमता, अनुगमन र मुल्याङकन, जिम्मेवारी बोध, तालिम, शिक्षा तथा खेलकूद आदि विषयहरू दिगो पर्यटनका विकासका आधारहरू वा सिद्धान्तको रूपमा रहेका छन् ।

पर्यटन प्रवद्र्धन र विकासका लागि खेल

माथि उल्लेख गरिएका कुराहरूबाट यो सम्भावना स्पष्ट छ कि वर्तमानमा तेल उद्योगका लागि धनी राष्ट्रका रूपमा रहेका मुलुकहरू भन्दा नेपाल पर्यटन उद्योगबाट दिगो र सफल मुलुक बन्न सक्दछ । तर यो पक्षलाई निजी क्षेत्र उपर छोड्ने हो भने यसबाट प्राप्त हुने लाभका मालिक मुठ्ठीभरका मानिसहरू मात्र हुन सक्नेछन् । त्यसकारण राज्यले नै यस क्षेत्रमा प्रमुख स्वामित्व कायम गरी बिभिन्न पक्षहरूलाई पर्यटन उद्योगसँग जोड्नु आवश्यक हुन्छ । ती पक्षहरू मध्ये खेलकूद निकै नै महत्वपूर्ण पक्ष हो । खेलकूद मनोरञ्जन वा सर्वसुविधा अन्तर्गत रहने एउटा महत्वपूर्ण तत्व हो । यसले पर्यटन उद्योगलाई सबल र सक्षम बनाउनका लागि विशिष्ट प्रकारको भूमिका खेल्न सक्दछ । पर्यटन क्षेत्रहरूलाई समृद्ध तुल्याउनका लागि खेलहरुको आयोजना र महोत्सव गर्नु आवश्यक मानिन्छ । खेलहरूको आयोजनाले पर्यटन क्षेत्रको गरिमा बढ्ने र तिनको महत्वलाई पनि निश्चित पर्यटकीय क्षेत्रले ओगोट्ने भएकोले खेल क्षेत्रलाई पर्यटन उद्योगमा सामेल गर्नु आवश्यक हुन जान्छ । यसप्रकारको आवश्यक ऐन वा कानुन बनाई पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा सरकारले ध्यान दिनु आवश्यक छ ।

२. सर्वाङ्गीन विकासका लागि खेलको महत्व

सम्पूर्ण प्राणी जगतमा कुनै न कुनै खेलको आयोजना भइरहेको हुन्छ । खेल जीवनको स्वतःस्फूर्त अभिव्यक्ति हो । यसले जीवनको उपस्थिति र आवश्यकताको बोध गराउ“छ । जीवनलाई सक्रिय, दिगो र जीवन्त बनाउन सांसारिक जगतमा खेललाई अबलम्बन गरिएको पाइन्छ । सबै किसिमका शास्त्रहरूमा खेलको महत्वलाई स्वीकार गरिएको छ । बिभिन्न कालखण्ड र युगहरूमा खेल जीवन तपस्या, साधना, योगासन, व्यायम आदि प्रवृत्ति र विशेषताहरूबाट अभिव्यक्त भएका छन् । यसरी समय र विकासक्रमहरूले खेल जीवनलाई परिस्कृत, सुसभ्य र सुगम बनाउ“दै लगेका छन् र तिनीहरूको महत्वलाई आधुनिक विश्वले अत्यन्त प्रतिष्ठाका साथ स्वीकार गरेको छ । खेलको महत्व व्यक्ति, समाज, राष्ट्र र सम्पूर्ण मानवजातिमा स्वस्फूर्त रूपले अन्तर्निहित भएको हुन्छ ।

खेलको औचित्य र महत्वलाई सिद्ध गर्नका लागि कुनै खास खेल सिद्धान्तको आवश्यकता पर्दैन । शारिरिक र मानसिक विकासका लागि सबै चरहरूले खेलमा हिस्सा लिनु अनिवार्य हुन्छ । जीवनमा पुनर्ताजगी ल्याउन खेलले विशिष्ट प्रकारको भूमिका खेल्ने भएकोले कुनै पनि प्राणीको अन्तरह्रदयमा उद्येलित भएर अभिव्यक्त हुने सहस्र सक्रियता खेलको स्वरूप हो । खेल सम्पूर्ण मानवजातिको जीवनको एउटा हिस्सा हो, जुन बिभिन्न तरिकाबाट प्रत्येक मानवले प्रयोगमा ल्याएर आफ्नो अस्तित्वलाई दर्शाउने काम गर्दछन् । खेललाई जीवनको वैद्यानिक पक्ष बनाइएको छ, जसलाई बिभिन्न विधि र नियमहरूको परिपालना गरी प्रयोगमा ल्याइएको हुन्छ । खेल बिभिन्न उद्देश्य हासिल गर्नका लागि खेल खेल्ने गरिन्छ । हामी त्यसलाई मानसिक र शारीरिक विकास बाहेक अन्य ढङ्गले समेत खेलको आवश्यकता र महत्व भएको कुरालाई निम्नानुसार औंल्याउन सक्दछौं ।

क. अनुशासनका लागि खेल

सबै खेलका आवश्यक नियमहरू हुन्छन् । तिनै नियमहरूका कारण खेलमा विविधताहरू उत्पादन हुन्छन् र तिनीहरूको लाभ र परिणाम पनि बेग्लाबेग्लै प्रकारले प्राप्त हुने गर्दछ । नियमसंगत हुने भएकोले नै विपरित पक्षहरू पनि स्वीकार्य, सम्मानित र प्रतिष्ठित हुन्छन् । प्रतिष्पर्धामा आएका पक्षहरूप्रति कुनै पनि प्रकारको दुराशय, पूर्वाग्रह र इवी साँध्ने कार्यलाई खेल जीवनमा पूर्ण रूपले निरुत्साहित गरिएको हुन्छ । जीत र हारलाई हार्दिकतापूर्वक स्वीकार गर्न सकिने संस्कारलाई खेल भनिन्छ । यही संस्कार नै व्यक्ति, समाज, राष्ट्र र सम्पूर्ण मानवजातिको सभ्यतालाई कायम गर्ने मूल्य र मान्यता बन्न जान्छ । यसलाई हामी अनुशासन भन्दछौं । यही अनुशासनले नै मानवजाति र राष्ट्रहरुको अनुशासनिक अस्तित्व र महत्वलाई निर्धारण गरिरहेको हुन्छ । खेललाई सर्वस्वीकार्य, मानवहित र स्वतन्त्रताको वहाली गर्ने पक्षको रूपमा वर्तमान विश्वले स्वीकार गरेको छ । एकअर्काको सम्मान र प्रतिष्ठा कायम गरेर मात्र अगाडि बढ्न सकिन्छ भन्ने कुरा खेलसंस्कृतिबाट पुष्टि हु“दै आएको छ । खेलको माध्ययमबाट राष्ट्रको प्रतिष्ठालाई चिनाउने प्रयास गरिने हु“दा अनुशासनको पक्षलाई अन्तर्राष्ट्रिय रूपमा नै विशेष महत्व दिने गरिन्छ । अनुशासनले कुनै पनि समाज, राष्ट्र वा मानवसभ्यताको स्थितिलाई अवगत गराउने भएकोले यसको पालना गर्ने कुरामा खेलमा सहभागी पक्षहरूले सक्रियता देखाउ“छन् । उनीहरूले यो प्रमाणित गर्नुपर्ने हुन्छ कि खेल जीत र हारको विषय भन्दा पनि फरक व्यक्ति, समाज, राष्ट्र र सम्पूर्ण मानवजातिको बिचमा गरिने व्यवहारको एउटा पुष्टि हो । यो मित्रवत्, मानवीय र प्रतिष्ठाले भरिएको विषय हो र यसका अवयवहरू अनुशासनको नियमले बाँधिएका हुन्छन् । ती नियमहरूले आम मानवजातिलाई सहिष्णुता र सद्भावपूर्ण जीवन जिउनका लागि प्रतिवद्ध गराउँछन् ।

ख. जीवनका लागि खेल

संसारका सबै चरहरूले आफ्ना कार्यहरू बाहेक एउटा विशेष समयमा खेलहरू खेल्दछन् । खेलहरू विशेषतः दुई वा दुई भन्दा बढी संख्याका प्राणीहरूले आपसी प्रतिष्पर्धा कायम गरेर सम्पन्न गर्दछन् । एक्लै पनि कतिपय खेलहरु खेलिने गरिन्छ । त्यस्ता खेलहरू स्वास्थ्य जीवनका हिसावले विशेष महत्वका हुन्छन् । दौडनु, ध्यानमा बस्नु, बिभिन्न योगासनहरू गर्नु, व्यायमहरू गर्नु, उफ्रिनु आदि खेलहरू मानिस वा अरू प्राणीहरूले बिभिन्न अनुकूलतामा गरिरहका हुन्छन् । यस्ता कार्यहरूले सम्पूर्ण प्राणीको अस्तित्वलाई जोगाएर राख्दछन् । खेल त्यस्तो कार्य हो, जसले कुनै पनि जीवनलाई निष्कृयताका कारणले ध्वङ्स हुनबाट सुरक्षा गर्दछ । जीवन त्यस्तो स्थिति हो, जुन सक्रिय भएन भने ‘संरक्षण नगरेर भत्किने नया“ घर’ जस्तै हुन्छ । कुनै वस्तुको दीर्घायु र दिगो अस्तित्वको आधार भनेको त्यसको सही प्रयोग र संरक्षण नै हो । जीवन पनि यो भन्दा फरक कुरा होइन । जीवनको अस्तित्वलाई खेलले मजबुत बनाउँछ र दिगो आयाम प्रदान गर्दछ । जीवनको अस्तित्वको लागि आन्तरिक र वाह्य पक्ष सवल हुनु जरूरी हुन्छ । आन्तरिक पक्षको अर्थ हुन्छ ः मानसिक स्वस्थता । र वाह्य पक्षको अर्थ हुन्छ ः शारीरिक तन्दुरुस्तता । यसरी मानसिक र शारीरिक तन्दुरुस्तताबाट व्यक्ति स्वस्थ र सवल हुन पुग्दछ र त्यस्ता व्यक्तिहरूले भरिएको समाज वा राष्ट्रले जीवनका संघर्षहरूमा सार्थक भूमिका खेलेर समृद्धि ल्याउन सक्दछन् । यी सबै कार्य गर्न सक्षम हुनाका लागि मानवजातिले परापूर्वकालदेखि नै प्रयत्न गर्दै आएको छ । खेल त्यही प्रकरणको एउटा महत्वपूर्ण भाग हो । खेल मानवजीवनलाई आशा, शक्ति र अठोटहरुले युक्त बनाउने महत्वपूर्ण साधन भएकोले जीवनको लागि यसको आवश्यकता अनिवार्य जस्तो भएको छ ।

ग. विकासका लागि खेल

नागरिक स्वस्थ र स्वच्छ भएको खण्डमा देश विकासमा उल्लेख्य योगदान पुग्न सक्दछ । नागरिक अस्वस्थ भएको खण्डमा विकास नहुने मात्र होइन, राष्ट्रको सुरक्षाको विषय समेत अन्योलमा पर्न जान्छ । त्यसैले हरेक राष्ट्रले आफ्नो नागरिकको स्वास्थ्य जीवनलाई विशेष महत्व दिएर राष्ट्रिय योजना बनाएका हुन्छन् । त्यसमा उनीहरूले सर्वप्रथम त आफ्नो नागरिकको जीवनशैली र संस्कार निर्माण कसरी भइरहेको छ भन्ने कुरामा ध्यान दिएको पाइन्छ । शारीरिक र मानसिक जीवनलाई स्वस्थ तुल्याउनका लागि राष्ट्रिय विकासका बिभिन्न पक्षहरूलाई ध्यान दिइने गरिन्छ । त्यसको एउटा मुख्य पक्षको रूपमा खेललाई लिइएको पाइन्छ । नागरिकको जीवनलाई तन्दरुस्त बनाउन खेलको भूमिका रहने भएकोले र नागरिक स्वस्थ भएको अवस्थामा मात्र देश विकासमा योगदान पुग्न सक्ने भएकोले खेलको प्रवद्र्धन गर्नुपर्ने अनिवार्य हुन जान्छ । त्यसैले हरेक राष्ट्रले आफ्नो मुलुकको विकासका लागि आवश्यक खेल नीति बनाएर आफ्नो विकास नीतिलाई प्रवद्र्धन गरेका हुन्छन् । यसरी खेल विकासका निम्ति पनि एउटा महत्वपूर्ण साधन हो भन्ने कुरा स्पष्ट हुन्छ ।

घ. राष्ट्रिय एकताको भावना निर्माणका लागि खेल

खेल राष्ट्रिय एकता र भावना निर्माणका लागि महत्वपूर्ण साधन हो । राजनीति वा अन्य कारणले विभाजित रहेको समाजमा समेत खेल सामाजिक एकताको आधार बनेर अगाडि आउने गर्दछ । त्यो अवस्थामा सामाजिक प्रतिष्ठाको भावनाले विपरित वर्गहरूलाई समेत एकतावद्ध हुनाका लागि प्रेरणा प्राप्त हुन्छ । विपरित राजनीतिक विचारहरू सामाजिक प्रतिष्ठाको साझा अवधारणाले एकतावद्ध हुन पुग्दछन् । यसरी खेलले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउ“छ । सामाजिक प्रतिष्ठाको भावनाले सबै वर्ग र पक्षहरूलाई एकतावद्ध बनाउनमा खेलको अहम् भूमिका रहेको हुन्छ ।

समाजमा जस्तै राष्ट्रिय गौरवताका लागि खेलले राष्ट्रका सम्पूर्ण नागरिकलाई माथि उचाल्दछ । आफ्नो राष्ट्रको झण्डा उँचो भएको दृश्यले राष्ट्रिय एकताको भावना जागृत भएर आउँछ । एकढिक्का भएर प्रकट हुने राष्ट्रिय मनोभावना खेलको अन्तर्यमा निहित भएको हुन्छ । राष्ट्रमा जेसुकै मतभेद रहेको भएता पनि अन्तर्राष्ट्रिय जगतमा एकतावद्ध भएर प्रस्तुत हुनाका लागि खेलले सबै नागरिकलाई अभिप्रेरित गर्दछ ।

ङ. मानव प्रतिष्ठा र सम्मानका लागि खेल

खेल वर्ग, राज्य, राजनीति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेको सामाजिक मूल्य र मान्यताको अभिव्यक्ति हो । यसले सर्वप्रथम त सम्पूर्ण मानवजातिको उत्थान र प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यो जीत र हारको विषय भन्दा पनि मानव प्रतिष्ठा र गौरवताको विषय हो । खेलमा सहभागित हुने कुराले राष्ट्रिय प्रतिष्ठा र सम्मानहरू हासिल हुने गर्दछन् । जुन मुलुकमा खेलहरुको आयोजना गरिन्छ, ती मुलुकमा अन्तर्राष्ट्रिय जगतको उपस्थितिले मानवीय सम्मान र प्रतिष्ठा माथि उठेको पाइन्छ । त्यो खेलका दृष्टिले मात्र होइन, राष्ट्रिय इज्जत र प्रतिष्ठाको निम्ति इतिहास निर्माण हुने कारणले र आर्थिक दृष्टिकोणले पनि सार्थक हुने भएकोले खेललाई मानव प्रतिष्ठा र सम्मानको साधनको रूपमा लिएको पाइन्छ । यो विषय सत्य पनि हो कि खेलका कारणले कैयौं राष्ट्रहरूको अस्तित्वको वोध भएको छ र तिनीहरू विश्वका सामू प्रतिष्ठित बनेका छन् ।

३. निष्कर्ष : खेल र पर्यटनको अन्तरसम्बन्ध

माथि पर्यटन र खेलकूदसम्बन्धी अलगअलग विश्लेषण छन् । तर पर्यटन र खेलकूद दुबै पर्यटकीय आकर्षण भएकोले यिनीहरूको अन्तर्सबन्धलाई व्यवस्थापन गरी देश विकासको साधनको रूपमा व्यक्त गर्नु आवश्यक हुन्छ । नेपालमा पर्यटन उद्योगको सम्भावना कल्पनाभन्दा बाहिर र असम्भव कुरा होइन । पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको मुख्य आधार हुने कुरा निश्चित छ । यसले नेपालको समृद्धिलाई बिभिन्न क्षेत्रबाट उठाउन सक्दछ भन्ने कुरा माथि उल्लेख भइसकेको छ । तर अर्कातिर नेपालमा खेल क्षेत्रलाई सामाजिक विकासको आधारको रूपमा नलिइएको कारणले पर्यटनस“ग खेलको सम्बन्धलाई विशेषज्ञहरूले जोडेको पाइ“दैन । तर उनीहरूले मनोरञ्जन र सर्वसुविधाको कुरा गरेकोले खेल क्षेत्र पर्यटन उद्योगको एउटा प्रवर्द्धनकारी साधन हो भन्ने कुरामा कुनै शङ्का छैन । पर्यटन उद्योगहरूले स्थानीय र परम्परागत खेल सहित बिभिन्न पाहुना खेलहरूलाई समेत समावेश गरी पर्यटनलाई प्रवर्द्धन गर्ने योजना बनाउन सकेको खण्डमा स्वदेशी उत्पादन र मौलिक पहिचानको नेपाली सभ्यतालाई विश्वमा स्थापित गर्न सहज हुन्छ । खेल अन्तर्राष्ट्रिय जगतमा पनि खेलिने हुँदा खेलको माध्ययमबाट नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा विस्तार गर्नका लागि महत्वपूर्ण योगदान पुग्न सक्दछ भन्ने कुरा स्पष्ट छ । त्यसैले नेपालमा पर्यटन उद्योगको व्यवसायिक प्रगतिका लागि विश्वमा प्रचलित र लोकप्रिय विधाको रूपमा रहेको खेलकूद क्षेत्रलाई स“गस“गै जोड्नु आवश्यक भएको कुरा पनि छर्लङ्ग छ ।

संसारमा खेल स्वयम पर्यटन उद्योग हो । यो उद्योगको रूपमा रहेका कैयौं उदाहरणहरू पाइन्छन् । बिभिन्न अन्तर्राष्ट्रिय खेलकूद आयोजनाहरू त्यसका उदाहरणका रूपमा रहेका छन् । खेलकूदलाई विशिष्ट किसिमले विकास गर्न सकेको खण्डमा यो क्षेत्र स्वयम् पर्यटन क्षेत्र हुन्छ । पर्यटन उद्योगका सम्पूर्ण नियमहरूलाई यसले अधिग्रहण गरेको हुन्छ । किनभने यो स्वयममा पर्यटन हो । यदि यसलाई त्यो रूपमा विकास गर्न सकिएको छैन भने पनि त्यसले पर्यटन क्षेत्रका अन्य तत्वहरूसित अन्तर्निहित भएर पर्यटन उद्योगलाई मजवूद बनाउने काम गरिरहेको हुन्छ । यसबाट बढी भन्दा बढी आन्तरिक पर्यटकहरू लाभावन्तित हुन्छन् । खेललाई महत्व दिएर आउने पर्यटक वा अन्य सुविधाहरू उपभोग गर्न आउने पर्यटकहरूलाई समेत आकर्षण गरी पर्यटन उद्योग बलियो र शसक्त बन्न जान्छ । यसरी खेल र पर्यटनको अन्तर्सबन्ध अत्यन्त घनिष्ट रहेको छ र यस अनुसार नै सरकारले पर्यटन सम्बन्धी योजना निर्माण गरी अगाडि बढ्नु मनासिव हुन्छ ।
(प्रस्तुत लेख स्पाेर्टस् भ्वाइसमा प्रकाशित छ, त्यहाँ पनि पढ्न सकिन्छ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here