नेतृत्वसंग जोडिएका सवालहरु

0
534

-सञ्जाल शर्मा 

सामुहिक उदेश्य प्राप्तिका लागि गठन गरिएको समुह, दल वा संगठन लाई प्रभावकारी रुपले संचालन गर्न आफ्ना अनुयायी हरु को समन्वय गरि पिछडिएको समाजलाई प्रगतिशिल बाटोमा अगाडि बढाउने ब्याक्तिलाई नेता भनिन्छ। नेतृत्व भनेकै ब्यक्तिको खुवी हो, जसले संगठन द्वारा निर्दिष्ट गरेका लक्ष्य प्राप्त गर्नमा अरुलाई अभिप्रेरित गर्दै सो संगठन वा समुहका क्रियाकलापहरु लाई मार्गनिर्देशन वा प्रभावित पार्ने प्रयत्न गर्दछ ।

बास्तबमा नेतृत्व संग आफ्ना योजनालाई यथार्थमा बदल्न सक्ने कार्यक्षमता हुनु पर्दछ। त्यसकारण नेतृत्व संग बिशेष खुबी र क्षमता हुन जरुरी हुन्छ। जुन सुकै परिस्थितिमा पनि फरक फरक प्रवृत्ति र बानी ब्यहोरालाई एउटै आकार मा ल्याउने प्रक्रिया नै नेतृत्व हो भन्दा फरक पर्दैन यस अर्थमा पनि नेतृत्व खेल्ने भुमिका बिशेष र जटिल हुने गर्दछ। त्यस अर्थमा संगठनले निर्दिष्ट गरेका कुनै पनि लक्ष्य हाँसिल गर्ने कि नगर्ने भन्ने भन्ने कुरा नै नेतृत्वको भुमिकामा निर्भर पर्छ।

व्याक्तिसंग भएको दृष्टिकोणको आधारमा व्याक्तिले समाजलाई डोर्याउने वा अघि बढाउने काम गर्छ सोही भुमिकाको जगमा व्यक्ति नै अन्ततः नेता कहलिन्छ र उसको वरिपरि एउटा जमात खडा हुन्छ। त्यस जमातको बिचमा नेतृत्व खडा हुन्छ।

नेतृत्वकर्ता संग हुनुपर्ने गुणहरु :-

• बिषय बस्तुको राम्रो ज्ञान भएको सहि निर्णय लिन र दिन सक्ने सिर्जनशील ब्याक्तित्व ।
• परिस्थिति अनुरुप आफ्नो कार्यनीति र कार्यशैलीमा परिबर्तन गर्न सक्ने लचकता भएको क्षमतावान ब्याक्तित्व।
• संस्था वा संगठनलाई सक्षम बनाउन सक्ने भिजन (सकारात्मक दृष्टिकोण) भएको चलाख, होशियार र पारदर्शी ब्याक्तित्व ।
• निचोडसहितको तार्किक क्षमता भएको, निष्पक्ष मूल्यांकन गर्नसक्ने र अरुको भावनाको सम्मान गर्नसक्ने ।
• असल संस्कार (सभ्यता, चेतना र प्रभाव) भएको परिश्रमी र इमानदार, नम्र, शालीन, मिलनसार एवं प्रतिबद्ध ब्यक्तित्व ।
• गतिशील समयअनुसार अनकुल निर्णय लिनसक्ने, बौद्धिकता र उच्च नैतिकता एवं विवेकशील ब्यक्तित्व ।
• नयाँ प्रकारले काम गर्ने उत्साह र इच्छाशक्ति भएको विवेकशिल, दूरदर्शी र प्रभावशाली ब्यक्तित्व ।
• योग्य र क्षमतावान, कुशल ब्यबस्थापक र सम्झौताबिहीन ब्यक्तित्व ।
• आत्मविश्वासी, कल्पनाशील, सिर्जनात्मक क्षमता भएको जिम्मेवारी बहन गर्नसक्ने ब्यक्तित्व ।
• आफ्ना अनुयायी संग सिक्दै जनतालाई सिकाउदै अन्ततः जनतालाई आफ्नो प्रभाबमा केन्द्रित गर्न सक्ने लोकप्रिय ब्यक्तित्व ।
• साझा उद्देश्यको लागि भावनात्मक रुपमा प्रभावित गर्दै ब्यक्तिगत स्वार्थ भन्दा संगठन वा संस्थाको उद्देश्य प्राप्तिको लागि समर्पित हुन सक्ने जिम्मेवार, त्यागी, इमानदार र प्रेरणादायी ब्याक्तित्व ।
• सजिब (बैज्ञानिक) बिचारको अनुयायी तर स्वयं निर्देशित हुन सक्ने स्पष्ट बक्ता ।

संघ संस्थाले निर्दिष्ट गरेका उदेश्यहरु जन अपेक्षा अनुसार प्राप्त गर्नका लागि व्यवस्थापकीय भुमिका निर्वाह गर्न निम्ति खास योजना बनाउने, नीति एवं कार्यक्रमको तर्जुमा गर्ने, संगठन विस्तार गर्ने, उचित निर्णय गर्ने, बजेट बनाउने, नियन्त्रण गर्ने जस्ता कार्यहरू का लागि असल नेतृत्वको आवश्यकता हुन्छ ।

नेतृत्वका कार्यहरु :

• संगठनको लक्ष्य निर्धारण गर्न सक्ने ।
• संगठनको संरचना निर्धारण गर्न सक्ने ।
• संगठनका कार्यको समन्वय र निर्देशन गर्ने ।
• सामुहिक भावना अनुसार संगठनका कार्यहरू गराउने ।
• संगठन को प्रतिनिधित्व गर्ने ।
• संगठन मातहतका अनुयायीहरु लाई बाटो चिनाउने, बाटो मा हिड्ने, बाटो देखाउने ।
• संगठनका कार्यहरू प्रती उत्प्रेरणा जगाउने काम गर्ने ।
• संगठनको समग्र पक्षको अनुगमन र मुल्यांकन गर्ने।

देश बिकासको मेरुदण्ड युवा भएको हुँदा युवाहरू को सहभागिता,परिचालन र सशक्तीकरण बिना कुनै पनि राष्ट्रको बिकास असम्भव छ। नेपालको सन्दर्भ पनि त्यही हो। युवाहरु श्रम, सीप र बुद्धिलाई सहि ढङ्गले परिचालन गर्ने हो भने राष्ट्रियता र दीगो बिकासलाई संस्थागत गर्न गाह्रो पर्दैन।
समाज र देशको लागि नेतृत्वदायी भुमिका खेल्ने युवा राम्रो, समाज प्रति इमानदार, गतिशील, शाहासी र योग्य हुन जरुरी छ त्यसकारण राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतक आन्दोलनमा अलग-अलग नेता ले नेतृत्व गरे पनि वास्तवमा सम्पुर्ण आन्दोलनको समाधान गर्ने भनेकै राजनैतिक नेतृत्व हो।

नेतृत्वमा हुनुपर्ने विशेषता :- 

• नेतृत्वले आफ्नो क्रियाशिलता र नैतिक गुणको प्रभाव दिन सक्नुपर्छ । नेतृत्वलाई त्यस संघसंगठनका समर्थक एवं सदस्यहरु ले दिएको सुझाव र आग्रहलाई समायोजन गर्न सक्नुपर्छ ।
• नेतृत्वले सो संगठन का घोषित नीति तथा कार्यक्रमको अभियान्ता बन्न सक्ने व्यापक अनुयायी हरुको निर्माण गर्न सक्नुको साथै आफू पछि सो संगठनको नेतृत्व हाक्न सक्ने उत्तराधिकारीहरु को उत्पादन गर्न सक्ने जिम्मेवारी हुन पर्दछ ।
• नेतृत्व कसैको दवाफको लहड मा नलागी सरल एवं स्वेच्छाले आफ्ना संगठनका समर्थक सदस्यलाई सदैव असल ब्यवहार गरिरहने अभिभावक बन्न सक्नु पर्दछ ।
• परिवार , समाज र देश प्रती नेतृत्व संबेदनसिल एवं जवाफदेही हुनुपर्ने हुदा नेतृत्वले सबैका लागि समान एवम् ब्यबहारिक हुने कुरामा हमेशा ध्यान दिनु पर्दछ।
• नेतृत्व चलायमान, जागरुक एवं उर्जावान प्रकार ले संगठनको हित को निम्ति परिचालन हुन सक्ने सवल, सक्षम र चरित्रवान हुन सक्नु पर्दछ।

नेतृत्वले जनतामा प्रभाव कसरी छाड्ने :- 

राजनीति गर्ने नेतृत्वलाई के आधारमा सहि वा गलत मान्ने अर्थात् उसलाई मुल्यांकन गर्ने आधार उसको बिगत हो। उ कति ईमानदार छ योग्य छ ? उसले देश र समजलाई हेर्ने नजर कस्तो छ ? उसले समज रुपान्तरण गर्ने वा समाजमा रहेका समस्या समाधान गर्ने विकल्प, योजना र आधार के छन ? यी सवाल लाई पनि नेपाली जनताले उत्तिकै नजर अन्दाज गर्न जरुरी छ।
• अफ्नो नेतृत्व आफै गर्दै बहुमत जनताको साझा उदेश्य प्राप्ति गर्ने दिशा मा सदैब क्रियाशील हुने ।
• बिगतका काम को समिक्षा गर्दै भएका काम लाई अझ बढी राम्रो गर्न प्रतिबद्ध रहने।
• जनताको लागि काम गर्ने
• आमूल परिवर्तनको लागि काम गर्ने
• परिणाम मुखी र उत्पादनमुखी काम गर्ने

नेतृत्व निर्माण को आधार :- 

• अगुवा/ अग्रदस्ता :- कम्युनिष्ट पार्टी वा त्यस मातहतका संगठनमा मुलतः नेतृत्व संघर्ष मार्फत स्थापित हुन्छ। आत्मसंघर्ष, अंतर संघर्ष र वर्गसंघर्ष लाई आधार बनाई बिचर, दृस्ठिकोण र क्षमता मुख्य केन्द्र बनाएर सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैनिक आन्दोलनको अग्रदस्ता बाट नेतृत्व गर्न सक्ने अगुवा को छनोट
• थ्री इन वान को सिद्धान्त :- सबै उमेर समुहका ( युवा,प्रोढ र जेष्ठ ) ब्यक्तिहरु मध्यको संगठन हाक्न सक्ने योग्यता पुगेको जुझारु युवालाई केन्द्रमा राखेर गरिने निर्णय।
• समाबेसीता :- सबै बर्ग ( महिला, दलित, पिछाडा बर्ग मधेसी, जनजाति ) आदि लाई संगठनको उदेश्य प्राप्त गर्ने आन्दोलनमा सामेल भएको ब्यक्ति मध्य बाट नेतृत्वमा सामेल गर्ने
• बिपरितहरुको एकत्व :- भिन्न मत राख्ने हरुलाई कर्वाही बाट सिध्याउने पखा लगाउने भन्दा पनि उनिहरुका सहि बिचारको संमान गर्ने र उक्त बिचारको राक्ने फोरमको निर्माण गर्दै नेतृत्वमा केन्द्रिकरण गर्ने ।

नेतृत्व निर्माण बिधि :- 

• वंशावलीको आधार ( राजतन्त्रात्मक विधि )
• प्रतिस्पर्धात्मक ( लोकतान्त्रिक विधि )
• हस्तक्षेपकारी ( तानाशाही वा हैकमवादी विधि )
• जनबादी र केन्द्रियताबादी ( मालेमाबादी विधि )
जनबाद लाई औपचारिकता मा सिमित गर्न खोज्नु हुदैन त्यसो भयो भने केन्द्रियता हाबी हुन्छ सो अबस्थामा जनबादी केन्द्रियता नोकरशाही केन्द्रियता मा बदलिन पुग्छ जसले गर्दा संगठन अराजक र ब्यक्ति केन्द्रित परिपाटीको बिकास हुन्छ । संगठन भित्र सिर्जनशील नेतृत्व र स्वअनुशासन लाई विकशित गराउन सकेमा नोकरशाही केन्द्रियता र संगठनात्मक अराजकता लाई रोक्न सकिन्छ । त्यसकारण नेतृत्व निर्माण गर्दा जनबाद र केन्द्रियता लाई सन्तुलन मिलाएर गर्ने कुरामा जोड दिनु पर्दछ।

संगठन निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरू :

कुनै पनि संगठनमा सामेल हुने ब्याक्तीको सोच, दृस्ठिकोण तर्कशक्ति, बौध्दिकता, सिर्जनशीलता र मौलिकता आदि बिषयमा अनुसन्धान गर्दै सो क्षेत्रमा भएका ब्यक्तिहरु को मुल्यांकन गर्न गर्दै संगठन द्वारा निर्दिष्ट योजनालाई कार्यान्वयन गर्न सक्ने र परिणाम निकाल्न सक्ने संगठन निर्माण गर्नु पर्दछ जसको लागि निम्न बिषयलाई ख्याल राक्नु पर्ने हुन्छ।
• सम्भाव्यता अध्यन ।
• जनसम्पर्क र योजना निर्माण ।
• जिम्मेवारी पूरा गर्ने ब्यक्तिहरु को छनौट।
• वैचारिक सांगठनिक प्रशिक्षण।
• संगठन निर्माण ।

नेतृत्वले दिने निर्देशन द्वारा नै सिङो संगठन परिचालन हुने गर्दछ भने निर्देशन प्राप्त ब्याक्तिले सोही क्षमता र गुणहरूको माध्यम आफ्नो क्षमताको परिक्षण हुने अवसर प्राप्त गर्दछ। त्यसकारण नेतृत्वले दिने निर्देशन बहुआयामिक एवं स्पष्ट कार्यदिशासहितको हुनुपर्दछ। नेतृत्वले आफ्नो ब्यवहारद्वारा अन्य ब्याक्तिहरुमा प्रभाव जमाउन सक्नुपर्दछ सो प्रभाव नै नेतृत्व क्षमताको श्रोत हो । नेतृत्व निर्माण गर्ने सन्दर्भ परिस्थितिले निर्धारण गर्छ अर्थात् आन्दोलन र संघर्षले परिस्थिति निर्माण गर्छ। देशको नेतृत्व गर्ने बर्ग भनेको गाडीको चालक जस्तै हो भने यात्री जनता हुन यसरी हेर्दा नेतृत्व बर्ग ठिक भएन भने अयोग्य चालक द्वारा गाडी दुर्घटनामा परे झै देश पनि दुर्घटनामा पर्ने संभावनालाई नकार्न सकिन्न। आगामी दिनमा समाज वा देशलाई नेतृत्व गर्ने बर्ग भनेको नै युवा हो त्यस अर्थमा युवाहरु ले यो सवाललाई विशेष महत्त्वका साथ हेर्नू पर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here