नेकपा मसालको प्रवक्तामा रामप्रकाश पुरी

0
1248

नेकपा मसालले पार्टी केन्द्रको प्रवक्तामा रामप्रकाश पुरीलाई नियुक्त गरेको जनाएको छ । पार्टी केन्द्रको हालै सम्पन्न बैठकले बिमल शर्मालाई हाटाई उहाँको स्थानमा राम प्रकाश पुरीलाई नियुक्त गरेको एक प्रेस वक्तव्य मार्फत जनाएको छ ।
बैठकले एमाले र माओवादी केन्द्रले घोषणा गरेको पार्टी एकतामा तत्काल सामेल नहुने निर्णय गरेको उक्त वक्तव्यमा उल्लेख छ ।
पुरीले कैयौं प्रगतिशिल साहित्य प्रकाशनमा ल्याईसकेका छन् । उपन्यासहरु नानीकी आमा, सच्याइको गीत, बनमाराका बुटा, खण्डकाव्यहरु ग्रहण नलागोस्, स्मृती, महाकाव्यहरु विचरण, अक्षुण्ण, सङ्कल्प उनका हालसम्म प्रकाशित कृतिहरु हुन् ।
२०६६ सालमा नेपाल सरकार शिक्षा मन्त्रालयबाट प्रसंशा पत्र समेत प्राप्त गरेका पुरीले दु:खको राम्रोसँग अनुभुती गरेका व्यक्तित्व मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here