नागपुरमा प्रशिक्षण र महिला भेला सम्पन्न

0
144

नागपुर, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिद्वारा संचालित नागपुर नगर समितिको आयोजनामा जनरल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ईश्वर पुनको अध्यक्षता र ईन्द्र लाल जिएमको सञ्चालन तथा होमबहादुर जिएमको स्वागत मन्तव्यबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा क्षेत्रीय समितिका उपाध्यक्ष रुपलाल जिएमले एकता समाजको बारे, तेजबहादुर पुनले देशको बर्तमान समसामयिक राजनीति र मंगलबहादुर पुनले भारतमा नेपालीहरुको अवस्था बारे प्रशिक्षण दिनु भएको थियो ।

त्यसैगरी सोही दिन नागपुर महिला नगर बिभागको भेला सम्पन्न भएको छ । रजनी पुनको अध्यक्षता, ज्योति चन्दको सञ्चालन र जयकला पुनको स्वागत मन्तव्यबाट कार्यक्रम अघि बढेको थियो । उक्त भेलालाई मूल प्रवाहका क्षेत्रीय उपाध्यक्ष रुप लाल जिएम, सदस्य तेजबहादुर पुन, महिला क्षेत्रीय बिभाग कि मिना पुन, नगर सचिव मंगल पुनले आतिथ्यता तथा शुभकामना दिनुभएको थियो ।

भेलाले रजनी पुनको अध्यक्षतामा नागपुर महिला नगर बिभागको गठन गरेको छ । जस्को सचिबमा मिना पुन, कोषाध्यक्षमा रुपा पुन, सदस्यहरुमा जयकला पुन, मनमा पुन, सन्तकला थापा, रमिता घर्ती, मिना चन्द, चन्द्रकला घर्ती, बबिता रोका, यपिसरा राना र भानु बुढा रहुनु भएको छ ।

नयाँ बिभागीय समितिलाई ईश्वर पुन, होमबहादुर जिएम, हस्त बहादुर पुन, आग्या राना र बिक्रम रोकाले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here