नगर संगठन समिति गठन

0
261

मलोट, २८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत मलोटमा नगर भेला सानदार रुपमा सम्पन्न भएको छ ।

रामप्रसाद भट्टराइको अध्यक्षतामा तथा डेगमान जीसीको सञ्चालनमा सम्पन्न भेलामा अतिथीको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात ढालबहादुर खत्री क्षेत्रीले स्वागत गर्नुभएको थियो । तत्पश्चात प्रमुख अतिथी केन्द्रिय सदस्य कृष्ण जीसीले करतार ध्वनीमा भेलाको उदघाटन गर्नु भएको थियो ।

भेलाले १७ सदस्यीय नगर संगठन समिति गठन गरिएको छ जस्मा: अध्यक्ष– रामप्रसाद भट्टराइ, उपाध्यक्ष– पार्वती वुढाथोकी, सचिव– डेगमान जीसी, सहसचिव– माया दहाल र कोषाध्यक्ष– ढालबहादुर खत्री क्षेत्री र सदस्यहरुमा: मिना विष्ट, विष्णु विष्ट, भेकराज पंथी, निरबहादुर थापा, कृष्ण भण्डारी, रोमबहादुर थापा र वैकल्पिक सदस्यहरु कमान सिंह जीसी, विष्णु माया र दुर्गाबहादुर तथा सल्लाहकारमा लालब केसी र २ स्थान रिक्त राखी चयन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here