धमाधम नगर समितिहरु सम्मेलन तयारीमा

0
352

नयाँ दिल्ली, ८ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको १७औं सम्मेलन तैयारी भेलासम्पन्न भएको छ ।

मुक्ती भुसालको अध्यक्षता एवं विष्णु खनालको सञ्चालनमा सम्पन्न भेला केन्द्रीय सचिव ठाकुर खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा केन्द्रीय महिला विभागकी शारदा पौडेल खनाल, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष दिपक भुसालले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेटको मौन धारण पश्चात पहलसिंह परियारले स्वागत गर्नु भयो ।

नगर समितिका अध्यक्ष शिव केसीले भेला बारे तथा सम्मेलन तैयारीको लागि योजना प्रस्तुत गर्नु भएको थियो । भेलामा अथितीहरू लगायत नई दिल्ली नगर समितिका संस्थापक सदस्य बिनबहादुर कुँवर, पुर्वि दक्षिण दिल्ली एरिया समितिका अध्यक्ष निरज पुन, पश्चिम दक्षिण दिल्ली एरिया सचिव झबिलाल खनाल, मध्य दिल्ली एरिया सचिव सालिक राम पौडेल, नगर महिला बिभाग अध्यक्ष मायाँ खनालले पनि मन्तव्य राख्नु भएको थियो ।

भेलामा हाउसबाट आएका सुझाव सहित सम्मेलन १ जुलाई २०१८ का दिन सबैलाई पायक पर्ने गरि एण्ड्रयुजगंजको केमेटीहलमा गर्ने निर्णय गरेको छ । भेलाले सम्मेलन सफल पार्न शिव केसीको अध्यक्षतामा ७३ सदस्यीय सम्मेलन तैयारी समिति गठन गरेको छ ।

भिवाडी, ८ अप्रेल । आसन्न नगर समिति भिवाडिको ९औं नगर सम्मेलन भब्य र शानदार रुपमा सफल बनाउनका लागि सम्मेलन तयारी भेला सम्पन्न भएको छ । काजीराम श्रेष्ठको सञ्चालन र किशोर कुमार राइको अध्यक्षतामा अगाडि बढेको उक्त भेलालाई नगर सदस्य रामकुमार बस्नेतले उपस्तिथि साथीहरूलाई स्वागत गर्नु भएको थियो ।

उक्त भेलामा केन्द्रिय सदस्य नारायण शर्मा, केन्द्रिय तथा क्षेत्रीय सदस्य बाबुराम बस्नेत, क्षेत्रीय सदस्य बसन्त श्रेष्ठ, रक्तिम क्षेत्रीय बिभागका रामबहादुर थापा, महिला क्षेत्रीय बिभागका कृष्टी राई र विद्यार्थी बिभागका सृष्टि राइको आतिथ्य रहेको थियो ।

नगर समितिबाट राम प्रसाद घिमिरे, महिला नगर बिभागबाट मञ्जु पोख्रेल, धारुहेडा टोल समितिबाट फुल माया कुमाल, हाउसिङ्ग बोर्डि टोल समितिबाट बिश्व नाथ घिमिरे लगायले मन्तव्य राख्नु भएको थियो ।

उक्त तयारी भेलामा ९ सदस्यीय मूल कमिटी सहित २५ सदस्यीय प्रचार प्रसार समिति चयन गरिएको छ ।

ओखला, ८ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समितिको १७औं नगर सम्मेलन तयारी भेला केन्द्रीय सदस्य मतिराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बिजय खनालको अध्यक्षता तथा केशव थापाको सञ्चालकबाट अघि बढेको सो भेलामा सहभागिहरुलाई कृष्ण कुँवरको स्वागत गरेका थिए ।

प्रमुख मतिराज गौतमले संगठनको बारेमा तथा प्रवासमा रहेका नेपालीहरुको समस्या बारेमा मन्तव्य राख्नु भएको थियो । क्षेत्रीय समितिका कोषाध्यक्ष तिलक पाण्डेले नगरको समस्या र सम्मेलनको तयारीको बारेमा प्रष्ट्याउनु भएको थियो । भेलाले विजय खनालको अध्यक्षतामा सम्मेलन तयारी भेला सम्पन्न पारेको छ ।

अन्जार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत अन्जार नगर समितिको सम्मेलन तयारी भेला सम्पन्न भएको छ । धर्मेन्द्र साउदको सञ्चालन र प्रेम कुमार कार्कीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले धर्मेन्द्र साउदको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरिएको छ ।

मोरबी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गतको मोरबी नगर समिति प्रथम नगर सम्मेलन तयारी भेला सम्पन्न भएको छ । गोपाल राउतको सञ्चालनमा अघि बडेको सो भेलाको अध्यक्षता दुर्गाराज बिकले गर्नुभएको थियो । भेलामा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले दुर्गाराज विकको अध्यक्षतामा सम्मेलन तयारी समिति चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here