“द वाइस अफ एवरेस्ट वोल १६” विमोचन

0
214

भरत पौडेल
नयाँ दिल्ली । कार्यक्रममा हातेमालो नेपाली विद्यार्थीहरुले प्रकाशन गरेको स्मारिका “द वाइस अफ एवरेस्ट वोल १६” को दिल्ली र काठमाडौँ पछि पोखरामा समेत कानुन अध्ययनरत विद्यार्थीहरुको माझमा बिमोचन गरिएको छ ।

त्यस्तै हातेमालोको १०औँ वार्षिक साधारणसभाबाट हातेमालो नेपाली विद्यार्थी समुहले कानुन अध्ययनरत विद्यार्थीहरु मध्यबातबाट १ जना कार्यकारी पब्लिक रिलेशन मेंबर समेत मनोनीत गर्ने छ । साथै पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुनी संकाय अध्यनरत विद्यार्थीहरूसँग अन्तक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागी सि.ए. र कानुन अध्ययनरत बिध्यार्थीहरुका साथै नेपाल कानुन विध्यार्थी संजाल, युवा संजाल र यूथ थिंकर सोसाईटी पोखराका प्रतिनिधिले हातेमालो नेपाली विद्यार्थीसँग गोलबंद भएर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ।

कार्यक्रममा हातेमालो नेपाली विद्यार्थी समूहका सचिव गोविन्द आचार्यले हातेमालो नेपाली विद्यार्थी समूहको परिचय दिदैँ सिए र कानुन विद्यार्र्थी मिली नेपालमा पनि विभिन्न खाले कार्यक्रम, सेमिनार, कानुनी सचेतना, कर सचेतना तथा अन्तर्राष्ट्रिय स्तरका आर्थिक गोष्ठीहरू गर्न सकिने प्रस्ताव दिएका छन् । कार्यक्रम सञ्चालन कानुन विद्यार्थी सुमन ढुङ्गानाले गरेका थिए भने कार्यक्रम संयोजक हातेमालो नेपाली विद्यार्थी समूहका सचिव गोविन्द आचार्यले गरेका थिए ।

९औँ कार्यकालमा गरिएका संछिप्त गतिविधिहरु

सन् २००९ मा गठन भएको हातेमालो नेपाली विद्यार्थी समूह भारतमा सिए तथा अन्य विषय अध्ययनरत विद्यार्थीहरुको हकहित, शैक्षिक, सांस्कृतिक, खेलकुद मनोरञ्जनात्मक तथा सामाजिक कार्य गर्दै अगाडि बढिरहेको एउटा युथ संस्था हो । विभिन्न बाधा तथा अड्चनका बाबजुद पनि आफ्नो ९ वर्षे कार्यकालमा भारत प्रवासमा र नेपालमा मात्र नभई बिश्वभरि नै परिचित हुन पुगेको संस्था हो । आफ्ना ९औ बसन्त पार गरि आज समुह दशौं बर्षमा प्रवेश गर्दै छ । हातेमालो नेपाली विद्यार्थी समुहको ९ वर्षे कार्यकालमा विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाएको छ । प्रवासी भूमिमा आफ्नो संस्कृतिलाई सम्मान गर्दै दसैँमा टीका–जमराबाट सुरु गरिएको यस कार्यकालमा तिहारमा देउसी भैलो कार्यक्रममा पनि नेपाली दूतावासमा आयोजना गरिएको थियो ।

हातेमालो नेपाली विद्यार्थी समूहले महानायक राजेश हमालको साथमा यसैबर्ष अन्तर्राष्ट्रिय स्तरको हाजिर जवाफ प्रतियोगिका पनि गर्यो । साथै सिए र सिए विद्यार्थीहरु बिच हातेमालो हाजिर जफाव प्रतियोगिता पनि आयोजना भएको थियो ।

खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रमलाई अगाडि बढाउने क्रममा हातेमालो नेपाली विद्यार्थी समूहले इंडोर गेममा फिफा फुटबल १४, डार्ट थ्रो र चैस प्रतिस्पर्धा कार्यक्रमको आयोजना सफलतापूर्वक संपन्न गरि सकेको छ । साथै १८ टीमको सहभागितामा ५ ए साइड फूटबाल गेमपनि आयोजना गरिएको थियो ।

यसैगरी हातेमालो नेपाली विद्यार्थी समूहले इंडियन बजेटको पोस्ट बजेट र जिएसटी सेमिनार कार्यक्रम आयोजना गरेको थियो, साथै केहि समय अगाडी इंटरनेशनल इकनोमिकका ‘न्क्लेव २०१८ भव्यताका साथ अन्तर्राष्ट्रिय स्तर सम्पन्न गरेको छ । हातेमालो नेपाली विद्यार्थी समूहले प्रवासमा अध्यनरत सम्पूर्ण विद्यार्थीको हकहित संरक्षणको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

विद्यार्थीहरूको माझमा विना आधार र प्यान कार्ड बैंक अकाउंट खोल्ने, भर्नाको व्यवस्था गर्ने र एक आपस जरुरतमन्द विद्यार्थीको लागि हरेक खाले सेवासुबिधा दिदै आएको छ ।

आईपिसीसीमा सफल भएका विद्यार्थीहरूका लागि सीए फर्म खोज्न सहयोग र सजिलो होस् भनेर हातेमालो नेपाली बिद्यार्थी समूहले आडिट फर्मको डेटाबेस मेन्टेन गरिरहेको छ । हातेमालो नेपाली बिद्यार्थी समूहले रक्तदान जीवनदान हो भन्ने मूल नारालाई आत्मसात गर्दै दिल्लीमा रहेका सबै विद्यार्थीहरूको डाटाबेस बनाएर १०० भन्दा बढी आकस्मिक रक्तदान कार्यक्रम गरि सकेको छ ।

दस वर्षसम्म आइपुग्दा यो सुखद अवसरमा संस्थापक सदस्यहरु, बोर्ड सदस्यहरु, आजीवन सदस्यहरु, सदस्यहरु, प्रायोजकहरु तथा शुभचिन्तकहरुप्रति हातेमालो नेपाली विद्यार्थी समूहको तर्फबाट अध्यक्ष आयुस्मा अर्यालले विशेष आभार तथा धन्यवाद समेत व्यक्त गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here