देशभक्त आवाजको क्षेत्रीय समिति गठन

0
300

गुडगाव । दिल्ली एन सि आर क्षेत्रमा नेपाली देशभक्त आवाजको केन्द्रीय समितिका कोषाध्यक्ष हुमलाल भुसालको संयोजकत्वमा १४ जना पदाधिकारीहरुको उपस्थितिमा भारतको हरियाणा राज्यको गुड्गाव स्थित नेपाली देशभक्त आवाजको हरियाणा क्षेत्रीय समिति गठन गरेको छ ।

संस्थाका पदाधिकारी हरुको नाम यस प्रकार रहेको छ । जसमाः अध्यक्ष– मदन थापा, उपाध्यक्ष– इमान सिङ सुनार, सचिव– माधव परियार, सहसचिव– निम बहादुर परियार र कोषाध्यक्ष– यमबहादुर परियार रहेका छन् । त्यस्तै सदस्यमाः गोपाल परियार, गोपाल परियार, गोबिन्द परियार, गोपाल खनाल, कमल भुसाल, कृष्ण गमाल, सरिता परियार, सुष्मा थापा र पार्वता सुनार रहेका छन् ।

प्राय नेपालीहरु खाली समयमा जुवा तास खेलेर वा रमाइलो गरेर दिनहरु बिताएका हामीले प्रत्यक्ष देख्दै आएका छौं संघसंस्थाहरुसँग खासै चासो नदिने तर समस्या परि आएको खण्डमा संघसंस्था खोज्ने बानी घातक रहेको नयाँ समितिलाई बधाई मन्तव्य दिंदै संस्थाका संस्थापक बाबुरोकाले बताएका थिए । उनले अगाडि भने– “मानिस सामाजिक प्राणी हो, जन्मदेखि लिएर मृत्युुसम्म मानिसलाई समाज चाहिन्छ । त्यसैले प्रवासमा खाली समयलाई सदुपयोग गरेर देश र समाजको लागि काम गर्नु पर्ने हुन्छ । यसका लागि कुनै पनि संघसंस्थासँग जोडिएर बस्न प्रवासी नेपाली हरुलाई आग्रह गरेका थिए ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here