देशको रंग फेरिएन

0
197
नवीन बस्याल

समय फेरिए तर देशको रंग फेरिएन
नेतृत्व फेरिए तर तिनका ढंग फेरिएन

समानता र सद्भावका कुरा धेरै भए
तर हाम्रो जातीय र क्षेत्रीय जंग फेरिएन

चुनाव भए घोषणापत्रमा बिविध कुरा आए
भाषाण मै हरायो गरिबका उमंग फेरिएन

जता हेर्यो भ्रष्ट्राचारकै चर्चा छ देशमा
यो बाहेक अरु त कुनै प्रसंग फेरिएन

स्वर्गद्वारी नगरपालिका, २ प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here