दीपक मनाङ्गेको क्षेत्रमा उपनिर्वाचन गर्न राजमोको माग

0
783

साउन २१, पोखरा । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सांसद राजीव गुरुङ (दीपक मनांगे)को क्षेत्रमा उपनिर्वाचन गराउन गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापाले माग गरेका छन् ।

त्यो क्षेत्रलाई जनप्रतिनिधिबिहीन अवस्थामा राख्न नहुने उनको भनाइ थियो ।अहिलेसम्म त्यो पद रिक्त छ ।

सोमबारको संसद बैठकमा बोल्दै सांसद थापाले पद रिक्त गर्न नहुने भन्दै तत्काल उपनिर्वाचन गर्न सरकारसँग माग गरेका हुन् ।

मनाङ प्रदेश सभा २ बाट निर्वाचित मनांगे सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल चलान भएका छन् । मनांगे निर्वाचित त भए तर, संसद छिर्नै पाएनन् ।
अनलाईन खबरबाट सभार

निर्वाचनलगत्तै पक्राउ आदेश भएपछि मनांगे केही समय फरार थिए । तर, केही समयपछि पक्राउ परे । स्वतन्त्र सांसदका रुपमा विजयी मनांगे सपथ नै नलिई जेल जानु प‍र्यो ।

प्रत्यक्षतर्फ ३६ र समानुपातिक २४ गरि गण्डकी प्रदेशमा ६० जना सांसदको ब्यवस्था छ । तर हाल ५९ जना मात्रै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here