दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय टेकवान्डो प्रतियोगितामा नेपालले हात पार्यो ३० गोल्ड

0
498

सुबास बस्नेत,
नयाँ दिल्ली ।
अलइन्डिया टेकवान्डो डो जंग क्लब द्वारा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय टेकवान्डो च्याम्पेन्शिप २०१८ मा नेपालले सानदार जित हासिल गरेको छ ।

राजधानी नयाँ दिल्लीस्थित ताल कोटरा स्टेडियममा दुई दिनसम्म आयोजित अलइंडिया ओपन कप अन्तर्राष्ट्रिय टेकवान्डो च्याम्पेन्शिप २०१८ मा भारत, कोरिया नेपाल लगायतका देशहरुबाट ३०० भन्दा बढी टेकवान्डो खेलाडीहरुको सहभागिता रहेको थियो ।

नेपालको तर्फबाट विभिन्न तौल समूहमा गरि ५६ खेलाडीहरुले सहभागीता जनाएका थिए । जसमा नेपाली खेलाडीहरुले आफ्नो सानदार खेलको प्रर्दशन देखाउँदै विभिन्न तौल समूहमा ३० गोल्ड, १५ सिल्वर र ११ ब्राउन मेडल हात पारेका छन् । नेपाली खेलाडीहरुको उत्कृस्ट प्रदर्शनिका अगाडि भारतीय तथा कोरियन खेलाडीहरुको प्रदर्शनि अत्यन्तै फिका देखिएको थियो ।

नेपालबाट आमन्त्रित इन्टरनेशनल मास्टर र रेफ्री राकेश राई, हरि बुढाथोकी, धर्मेन्द्र अग्रहरी, कोच दिनेश गिरी, चुलाइ मुखिया, इन्द्र राना, अनुज श्रेष्ठ, कमला श्रेष्ठ, दिपक गिरीको नेतृत्वमा टिम आएको थियोे । खेल समपन्न गर्नमा नेपाली टिमको तर्फबाट इन्टरनेशनल मास्टर राकेश राई, हरि बुढाथोकी लागायत सिङ्गो टिमले आयोजकलाई पुर्याएको महत्वपूर्ण सहयोगको लागि आयोजक समितिका पब्लिक रिलेशन ओपिÞmसर अर्जुन दयालले धन्यवाद ज्ञापन गरेका थिए ।

आउँदा दिनहरुमा यस खेललाई अझै सुब्यबस्थित तरिकाले अगाडी लैजाने र दर्जन भन्दा बढी देशहरुलाई सहभागी गराउने क्लबका पब्लिक रिलेशन ओपिÞmसर अर्जुन दयालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here