दाङमा दुई दिने प्रशिक्षण कार्यक्रम

0
185

दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ जिल्ला समिति दाङको २ दिने प्रशिक्षण कार्यक्रम घोराहीमा सुरु भएको छ । अखिल नेपाल युबक संघ जिल्ला समिति दाङका अध्यक्ष चित्र एमसिको अध्यक्षतामा सम्पन्न प्रशिक्षणको उद्घाटन प्रमुख अतिथी तथा संघका महासचिव कृष्णराज पाण्डेले गर्नु भयो ।

जिल्ला सचिब चन्ऽ आचार्यको संचालन र जिल्ला उपाध्यक्ष लेखराज आचार्यको स्वागत मन्तब्य १ मिनेट सहिद प्रती मौनधारण गरि सुरु भएको उदघाटन समारोहलाई प्रमुख अतिथि संघका महासचिव कृष्णराज पाण्डे राजमो पुर्ब केन्द्रीय सल्लाहकार सुरेश थापा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य अखिल नेपाल बुद्धिजीवी संघका पुर्ब महासचिव शशिधर भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

२ दिनसम्म चल्ने प्रशिक्षणमा सुरेस थापा, कृष्णराज पाण्ड,े गणेश आचार्य, शसिधर भण्डारी कासिनाथ पोख्रेल, नारायण योगीले प्रशिक्षण दिनुभएको थियो । सोही प्रशिक्षणमा लागू औषध दुर्बेसनी सम्बन्धी प्रशिक्षण वसन्त पुनले दिनु भएको थियो उक्त प्रशिक्षणमा दाङका १० वटै स्थानीय तहबाट १०० बढी युबाहरुको सहभागीता रहेको आयोजकले बताएका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here