त्रिभुवनै एरिया सम्मेलन भव्यरुपमा सम्पन्न

0
335

पाण्डेचेरी, १६ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत त्रिवुवनै एरिया समितिको २०औ बार्षिक एरिया सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ ।

संजोक आलेको सञ्चालन तथा राजु थापा मगरको अध्यक्षताबाट अगाडि बढेको कार्यक्रममा केन्द्रीय सदस्य भगवति कुँवर, सल्लाहकार सुर्य थापा, पार्षद सदस्य चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय सहसचिव तथा पाण्डिचेरी नगर अध्यक्ष जनकराज पौडेल, सदस्य डिल्लीप्रसाद शर्माको आतिथ्यता रहेको थियो । वीर सहिदप्रति १ मिनेट मौनधारण पछि अघिबढेको कार्यक्रममा रक्तिम कलाकारहरुले गित द्धारा र वसन्त जोशीले शब्दबाट उपस्थित जनमानसलाई स्वागत गर्नु भएको थियो ।

२०औं एरिया सम्मेलनको उद्घाटन क्षेत्रीय सहसचिव तथा पाण्डिचेरी नगर अध्यक्ष जनकराज पौडेलले क्यान्डिन प्रज्जल गरि तालीको गड्गडाहट विच गर्नु भयो । उद्घाटन भाषणमा पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पृष्टभुमि स्मरण गर्दै संगठनको उदेश्य प्रवाशी नेपालीहरुलाई संगठित गर्दै, देशमा चल्ने राष्ट्रिय स्वाधिनता, जनतन्त्र तथा जनजिविकाको पक्षको आन्दोलनमा सरिक गराउनमा एकता समाजले विगतदेखि नै अहंम् भुमिका खेल्दै आएको बताउनु भयो । भारतमा नेपालीहरुले अवस्थाबारे आम नेपालीहरुले बुझ्नु पर्ने आवश्यकता बारे समेत पौडेलले औंल्याउनु भयो ।

केन्द्रीय सदस्य भगवति कुँवरले मूल प्रवाहले भारतस्थित नेपाली महिलाहरुलाई संगठित गर्दै आफ्ना हक अधिकारप्रति सचेत हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तै क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्माले भारतमा रहेका नेपालीहरु एक पछि अर्को गर्दै १९५० को संन्धिले दिएका अधिकारबाट वञ्चित हुनुपरेको पिडा व्यक्त गरे ।

त्यस्तै नगर उपाअध्यक्ष नरबहादुर केसी, सचिव गोविन्द शर्मा, सदस्य गंगाराम आचार्य, महिला विभागकी अध्यक्ष विष्णु शर्मा, सचिव जमुना शर्माले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो ।

एरिया समितिको घोषणा नगर सचिव गोविन्द शर्माले प्रस्तुत गर्नु भएको थियो । जसमा: अध्यक्ष– राजु थापा मगर, उपाअध्यक्ष– हरि बहादुर कार्की, सचिव– संजोक आले, सहसचिव– वसन्त जोशी, कोषाअध्यक्ष– खड्क बहादुर कुँवर, सदस्यहरुमा क्रमस, कुमारी थापा, भगवति कुँवर, दिपक जिसी, रमेश थापा, वैकल्पिक सदस्यमा, रोशन थापा र प्रेमबहादुर लिम्वु रहेका छन् । त्यस्तै सम्मेलनले पृया कुँवर र गोपाल राहुतलाई सल्लाहकार चयन गरेको छ ।

नवनिवार्चित समितिलाई, कलाकारहरुले गितबाट र मूल प्रवाह केन्द्रीय सल्लाहकार सुर्य थापा, पार्षद सदस्य चन्द्रकान्त शर्मा, पाण्डिचेरी नगर समिति सदस्य राजेन्द्र जिसीले शब्दद्धारा बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here