तीजी गीत

0
295

प्रेम गायक, बाग्लुङ

बरिखाको भेल् घुचेट्दै तिज आयो आगनमा।
तर पनि खुशि भने छैन योमन।

गरिवी र भोखमरीले जिवन बन्यो कष्टकर।
उखान टुक्का भाषण मात्र दिन्छ सरकार ।

चुनाव जिते वृद्धा भत्ता दिन्छौकक भन्थे पाककचहजार।
बजेट हाम्रो मौन बस्यो छैन शुरसार।

जनतालाई समजवादको देखाएर सपना।
त्यता तिर सरकारले ध्यान दिएन।

दुईतिहाईको उपहार सबै ठाउामा कर बढ्यो।
सुख शान्ति होला भन्दा झनै डर बढ्यो।

महंगिले आकाश छोयो सिमा नाग्यो बलत्कार ।
के हेरेर बसेको छ हाम्रो सरकार ।

दुईतिहाईको दम्भ देखाउादै खोस्न थाल्यो अधिकार ।
बन्द हड्ताल निषेध गर्न थाल्यो सरकार ।

नचाहिएको संघीयता नचाहिएको सात प्रदेश।
चिरा चिरा पार्न थाले हाम्रो प्यारो देश।

संघीयता नै कारण हो कर बढाउने देशैभर ।
देश टुक्र्याउने संघीयता छिट्टै खारेज गर।

शुसासनको अनुभुती संघीयताको खारेजी ।
लोक प्रिय बन्छ सरकार यति गरेसी ।

हैन भने जनताले नाङ्गे झार पार्नेछन् ।
सडक बाटै संघीयता खारेज गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here