तीजी गीत

0
530

बेगम कुवर (चण्डीगढ)

आज हाम्रो नेपालको तिज चाड पर्व छ।
दाजूभाई दिदी बहिनी सबलाई स्वागत छ।।

स्वदेश छाडि विदेश आयौं सारै दुख पाका छौं।
एकताको झण्डा मूनि गोल बन्द हौं।।

यूवा वर्ग सबै आज बिदेश तिर लागेका छन् ।
सामन्त र शोषकले राज गरेका छन् ।।

राम्रो नेता नपाएर देशले दुखै पाको छ ।
बाउ नभाको टूहूरो झै देश भाको छ ।।

देश हाम्रो नेपाल त मागि खाने भांडो भो।
संघीयता लागू गरे वरै देशै जाने भो।।

पढेलेखे नेता बने किन बिक्दै आका छन् ।
बिस्तार वादका अन्ध भक्त जस्तै भाका छन् ।।

चूनाबको दौरानमा रक्सि बियर सूखूटी।
बल्ल आज थाहा भयो सक्दा धूकूटी।।

संघीयता ठिक थिएन थाहा भएन पहिला खै।
बिकासको ईसारामा देशै जाला है।।

दंशै आउाछ तिहार आउाछ नलगाउं भो जमर।
संघियता फाल्नै पर्छ कंस कमर।।

चारै तरफ देश बचाउन बन्न पर्छ टोलि है
देशकै लागि ज्यान दिनेलाई श्रद्धांजली है।।

जन बादी क्रन्तिको खांचो छिटै परेया छ।
चारै तरफ ईसाहारा देशले गरेया छ।।

संघीयता लागू गरे बिकासको भरले।
जन्ता आज आन्दोलनमा महंगो करले।।

एउटा देशलाई चिरी चिरी सात ओटा बनाए।
हार्ने चूनाब जित्नलाई पैसा खनाए।।

बिदेश देखी हातेमालो गरी स्वदेशमा जाम।
भ्रस्टचारलाई मूक्त गर्ने अब हाम्रो काम।।

जन्म दिने उनै नारी मन मूटू भरिन्छ।
उनै माथि अत्यचार किन गरिन्छ।।

छोराछोरी जातपात अलग गर्ने किन हो।
एस्तो सोंच छ भने त जेल्मै हिंड भो।।

जस्तै दूख्ख परे पनि खाने छैन कूनै हार।
गल्ति भए माफि चाहान्छू सबलाई नमस्कार।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here