तिम्लेहा बच्चाहरुकी “मामु” भईन निर्मला

0
295

२४ मंसिर, धनगढी । सेती अञ्चल अस्पताल धनगढीमा एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् ।
कैलालीको गौरीगंगा नगरपालिका–३ का लोकराज जोशीकी २७ वर्षीया पत्नी निर्मला जोशीले तिम्ल्याहा सन्तानलाई जन्माएकी हुन् ।
सेती अञ्चल अस्पतालका अनुसार दिउसो दुई बजे र १३ मिनेटमा डेढ किलो तौलकी छोरी, ३ बजे एक किलोको छोरा र त्यसको झण्डै आधा घण्टा पछि तेस्रो सन्तानका रुपमा दिउसो ३ बजे र ५० मिनेटमा दुई किलो तौलको छोरा जन्माईन् ।
अप्रेशनमा सहभागी एक चिकित्सका अनुसार दोस्रो शिशु उल्टो अवस्थामा थियो । तीन वटै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था ठिक छ ।
चिकित्सहरुका अनुसार समयभन्दा पहिले जन्मिएकाले तीन वटै शिशुको तौल कम रहेको । “करीव साढे सात महिनामा नै निर्मला सुत्केरी भएकी हुन्” एक चिकित्सकले भने– “तीनवटै शिशुलाई एनआईसियुमा राखिएको छ ।”
पश्चिम टुडेले समाचार प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here