तारापुरमा महिला भेला सम्पन्न

0
209

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तरापुर नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा तीजि कार्यक्रमको समिक्षा तथा भेला सम्पन्न भएको छ ।

महिला बिभागकी अध्यक्ष सबिता चापागाइको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रमको सञ्चालन सुमित्रा नेवारले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई नगर समितिका उपाध्यक्ष लोकमणी पाण्डेले मन्तव्यबाट र रक्तिमका कलाकारहरुले सांगितिक प्रस्तुतिबाट स्वागत गर्नु भएको थियो ।

क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुवरको प्रमुख आथिथ्यता रहेको सो भेलालाई रक्तिम केन्द्रीय बिभागका बोम सिंजापती, क्षेत्रीय सदस्य गंगाराम भट्टराई, तारापुर नगर समिति अध्यक्ष खडक राई, तारापुर रक्तिम बिभागका संयोजक गणेश भट्टराई लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रमुख अथिति कुँवरले प्रगतिशील तीजि कार्यक्रम पुर्ण रुपमा प्रगतिशील तीजको रुपमा नमनाएता पनि मात्रात्मक रुपमा प्रगतिशील रहेको बताए । अन्य संघसंस्थाहरुको तुलनामा मूल प्रवाह तारापुरद्वारा आयोजित तीजि कार्यक्रम व्यवहातः प्रगतिशिल रहेको कुँवरको भनाई थियो ।
“तर तीजि कार्यक्रमलाई उच्चस्तरको समाज परिबर्तन र महिलाहरुको हकहितको पक्षमा टेवा पुर्याउने उदेश्याबाट प्रेरित हुनुपर्ने आवश्यकता छ ।” कुँवरले भने– “गित र नृत्य चेतनशिल भएर मात्र पुग्दैन, त्यसलाई महिला मुक्ति आन्दोलनसँग जोडेर लैजानु पर्ने आवश्यकता छ ।”

भारत प्रवासमा हुने तीजि कार्यक्रम केवल आस्था, संस्कार, भाषा तथा संस्कृतिको रुपमा नमनाई प्रवासस्थित नेपाली महिला दिदि बहिनिहरुमाथि भइरहेका हत्या, हिंसा, बलत्कार, बेचबिखन, अलपत्र जस्ता विषयहरुलाई निरस्त गर्ने ध्यहमा केन्द्रित हुनु पर्ने कुँवरको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here