हैदरावाद । नेपाली विद्यार्थी टिका क्षेत्रीले भारतको तेलंगना प्रदेशको हैदरावादमा १० को बोर्ड परिक्षामा १०० प्रतिशत अंक प्राप्त गरेकि छिन् । बागलुङ नपा ९ पैयुपाटा, बाबु यामबहादुर क्षेत्री र आमा धनकुमारी क्षेत्रीकी छोरी टीका क्षेत्रीले २०१८ को SSC को परिक्षामा सर्बश्रेष्ठता (डिस्टीनेशन) नतिजा हासिल गर्न सफल भएकी हुन् । टीका जुब्ली हिल्सको “लिटिल स्टार स्कुल”मा अध्ययनरत छिन् । क्षेत्री परिवार रोजगारीका लागि हैदरावादस्थित जुब्लिहिल्स रोडनं २२ मा रहँदै आएका छन् ।
१५ वर्षकि टीका क्षेत्रीले नयाँ रेकर्ड कायम गर्न सफल भएसँगै नेपाल र नेपालीको शान बढाएकी छिन् । यसरी नेपाली सन्तानले भारत प्रवासमा आएर पनि विभिन्न समस्या र अप्ठ्यारो झेल्दै रेकर्ड कायम गर्नु अत्यन्तै गौरवको विषय हो ।
क्षेत्री मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिद्वारा संचालित जुब्लिस एरिया समिति अन्तर्गत संगठित रहका छन् । मध्य दक्षिण क्षेत्रीय समितिको तर्फबाट टीका क्षेत्रीलाई लाखौंलाख बधाई तथा शुभकामना सहित उज्ज्वल भविष्यको कामना ।
रोजगारीको खोजीमा भारत पसि आफ्नो पसिना न्यून पारिश्रमिकमा बगाउने गर्दछन्, यो नेपालीहरुको लागि नियती जस्तै नै बनेको जस्तो छ । आफ्ना छोराछोरीहरुले राम्रो पढुन् र सुन्दर भविष्य सवारुन भन्ने सबैको चाहना हुन्छ । आफूले जस्तै दु:खद जीवन यापन गर्न नपरोस, देशभित्रै आफ्नो क्षमता अनुसारको काम मिलोस् भन्ने जो सुकै आमा बाबुको हुन्छ । तर अपेक्षा अनुसार अत्यन्तै थोरै मानिसहरुले सफलता हात पारेका हुन्छन् । भारतमा आफ्ना बाबुआमा संगै बसि पढिरहेका बालबालिकाहरुले पनि अत्यन्तै अभाव र संघर्षका वाबजुध पनि शिक्षामा सर्बश्रेष्ठता सावित गर्न अत्यत्ने कठिन हुन्छ । तर चाहना र दृढ आकांक्षाको अगाडि संसार झुक्न बाध्य हुन्छ भन्ने सावित गर्न सफल भइन् टीका क्षेत्रीले । यस्ता योग्य विद्यार्थीहरुलाई राज्यले उपयुक्त सहयोग र पढनलाई राम्रो व्यवस्था मिलाई दिनु पर्ने आवश्यकता प्रति सबैको सरोकार वालाहरुको ध्यान जानु पर्ने आवश्यकता छ ।