झिमरुक गाउपालिकामा काङ्ग्रेसको हर्कत

0
1115

असार २५, प्युठान । देशभर नै चुनावबाट पखालिएपछी नेपाली काङ्ग्रेसले आफ्नो सन्तुलन गुमाएको छ । निरन्तर सत्ताको वरिपरी रहने र राज्य शक्तिको दोहन गर्ने काङ्ग्रेस यति बेला सरकार बाहिर रहनु परेको पिडामा केन्द्र देखि स्थानीय तह सम्म छट्पटाइरहेको छ।

प्युठान झिमरुक गाउपालिकामा पनि त्यो छट्पटी बेलाबेलामा देखिने गरेको छ। असार २५ गते पत्रकार महासंघ प्युठानको आयोजनामा उक्त गाउपालिकामा एक दिने सुचनाको हकको प्रबर्द्धन र प्रचलनसम्वन्धि कार्यक्रम भएको थियो। कार्यक्रममा पत्रकारका नेताहरुले सुचनाको हक बारे विविध बिषयहरु प्रस्तुत गरेका थिए।

प्रोजेक्टरवाट प्रस्तुति दिइसकेपछी परिचयात्मक कार्यक्रम थियो। उक्त कार्यक्रम जिल्लाका सबै रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । त्यहा उपस्थित गाउँपालिकाका प्रतिनिधि र पत्रकारहरुले परिचय सहित आफ्ना कुराहरु राख्ने चरण सकिएपछि पत्रकार वनेर आएका नेपाली काङ्ग्रेसका नेता प्रमोद पोख्रेलले पुन बोल्न माईक्रोफोन खोसेर रोस्टममा गएका थिए । उनले माइक समातेर आफ्ना कुण्ठाहरु पोख्ने, अनावश्यक आरोप लगाउने र मनपरी बोल्ने गर्न थालेपछि गाउँपालिकाका प्रतिनिधिहरुले उनलाई रोक्न खोजेका थिए । सुचनाको हक सम्बन्धी जनप्रतिनिधिहरुको लागि कार्यक्रम आयोजना गर्ने र बिषय अन्तर गरेर अत्यन्तै पुर्वाग्रह तरिकाले तुस पोख्न थालेपछी जनप्रतिनिधिहरुले बिरोध गरेका थिए।

जनप्रतिनिधिले बिरोध गरेपछी कार्यक्रमका संचालक पत्रकारले उनको हातबाट माइक खोसेर कार्यक्रम अघि बढाएका थिए । झिमरुकमा जनताको बिचमा अत्यन्तै पारदर्शी र स्थानीय जनभावना अनुसारनै काम गरिरहेको गाउँपालिका माथी काङ्ग्रेसले यस्तो हर्कत देखाउन थालेको छ । गाउपालिकाले आहालखोलामा बनाउन थालेको पक्की पुल, पुरै पालिकालाइ जोड्ने रिङरोड पनि काङ्ग्रेसलाई मन परेको छैन । झिमरुकले केही समय अघि आफ्नो बजेट प्रस्तुत गर्दै गरिव तथा बिपन्न बर्ग केन्द्रित कार्यक्रम सार्बजनिक गरे सङै काङ्ग्रेसको होस उडेको हो । झिमरुक गाउँपालिले यो आर्थिक बर्षको झण्डै ९७% बजेट खर्च गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here