झिमरुकले गर्यो आफ्ना बिमारीको निशुल्क चेकजाँच

0
2054

प्युठान । झिमरुक गाउँपालिका प्युठान र अलाईभ एसिया नेपालको संयुक्त आयोजना र ओखरकोट पर्यटन एवम् ग्रामीण विकास सेवा समिती प्युठानको समन्वयमा झिमरुक गाउँपालिकाको मच्छीमा ३ दिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।

यहि असोज ४ गते सुरु भएको शिविर ६ गते सम्म संचालन भएको थियो । ३ दिनको अवधीमा ८३६ जना बिमारीहरुको स्वास्थ परिक्षण गरिएको अलाइभ एसिया नेपालका अध्यक्ष डा. ऋषि साहले जानकारी दिए । शिविरले मुल रुपमा सबै प्रकारका बिमारीको स्वास्थ चेकजाँच गरेको थियो । महिलाको पाठेघर सम्बन्धि समस्या र अन्य जिर्ण रोगीहरुलाई परामर्शिय सेवा प्रदान गर्न आयोजना गरिएको शिविरबाट झिमरुक र छिमेकी गाउपालिकाका थुप्रै बिरामीले सेवा प्राप्त गरेकाछन् । जटिल प्रकारका र छिट्टै नै अप्रेसन गरिनु पर्ने खालका करिव ५० वटा केशहरुलाई तुरुन्त उपचार गर्न रेफर गरिएको स्त्रीरोग बिज्ञ डा. सृष्टि अधिकारीले जानकारी दिइन । रेफर भएका बिरामी मध्य पाठेघर सम्बन्धि बिमारीको निशुल्क अप्रेसन र अन्य बिमारीको आधा शुल्कमा नेपाल मेडिकल कलेजमा अप्रेसन एवम उपचार हुने छ ।

शिविरको लागि नेपाल मेडिकल कलेज, टेकु हस्पिटल र लुम्बिनी मेडिकल कलेजका ११ जना डाक्टरहरु प्युठानको मच्छी पुगेका थिए । डाक्टरको समुहमा डा. ऋषि साह, डा. प्रदीप शिवाकोटी, डा. सृष्टि अधिकारी, डा. संजोक शिवाकोटी, डा. राजेन्द्र महर्जन, डा. सुरेन्द्र डा. अरबिन्द्र कुमार सिंह, डा. मन्जुल भट्टराई, डा. रेजिना निरौला, डा. सरोज थापा, डा. इरा के. सि., प्युठान अस्पतालकि नर्स अधिकृत सारदा कुवरका साथै मुकेश साह, धिरज न्यौपाने र जीवन गिरि समेत सहभागी हुनुहुन्थ्यो।

झिमरुक गाउँपालिकाले आफ्ना जनतालाई स्वास्थ उपचारको सेवा दिनुका साथै अस्पतालमा पहुँच पुराउन गाह्रो हुने गरिव र बिपन्न जनतालाई निशुल्क स्वास्थ सेवा दिन यो शिविर आयोजना गरेको गाउँपालिकाका अध्यक्ष तिलक जि.सि. ले जानकारी दिए । काठमाडौबाट झिमरुक गाउँपालिकामा पुगि सेवा प्रदान गरेकोमा अलाइभ एसिया नेपाल र सबै डाक्टरहरुको समुहलाई ओखरकोट पर्यटनका अध्यक्ष सुवाश जि.सि. ले धन्यवाद दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here