जम्मूमा मूल प्रवाहको नगर समिति निर्माण

0
275

जम्मु, २२ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत भारतको जम्मु कश्मीर राज्यको जम्मूमा श्रीमती राज कुमारी, डोलबहादुर थापा, विक्रम थापा र सुनिल थापाको संयूक्त पहल तथा केन्द्रीय उपाध्यक्ष कपिल खनाल र क्षेत्रीय सदस्य लक्ष्मण खडकाको विषेश उपस्थितिमा नगर समिति निर्माण भएको छ ।

भारत स्थित नेपालीहरुको समसामयिक समस्या तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेलेको भुमिका बारे एंव संगठानात्मक पद्धति सम्बन्धि व्यापक छलफल पछि ११ पुर्ण र ३ सलाहकार गरि १४ सदस्यीय जम्मु नगर संगठन समिति गठन गरिएको हो । जसमाः अध्यक्ष– डा. राजकुमार, उपाध्यक्ष– डोलबहादुर थापा, सचिव– तुलबहादुर सोमै, सहसचिव– सुनिल थापा र कोषाध्यक्ष– विक्रम थापा रहनु भएको छ । त्यस्तै सदस्यहरुमाः श्रीमती राज कुमारी, धनबहादुर राना, धनबहादुर तामाङ, सुकबहादुर, श्रीमति आशा, श्रीमती सुसिला थापा रहनुभएको छ । त्यसैगरी सल्लाहकारहरुमा लिलामणी पोख्रेल, रामबहादुर थापा र पदम बहादुर थापा रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here