जम्मुमा सिदरा एरिया संगठन समिति पनि गठन

0
372
जम्मु, २५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जम्मु नगर समितिले आप्mनो संगठन विस्तार कार्यलाई निरन्तरता दिदै त्यहा रहेका नेपालीहरुको हक, अधिकार, न्यायको लागि सधै अग्रपंक्तिमा रहेर सहयोग पुराउँदै  गाउँगाउँ गल्ली तथा वस्ती वस्तीहरुमा पुगी सामाजिक रुपमा सवै नेपालीहरुलाई समेटने र मूल प्रवाह एकता समाजलाई अझै दरिलोसँग स्थापित गर्ने दिशातर्फ अविचलीत रुपमा प्रयास गरिरहेको छ ।
                नवगठित नगर समितिका अध्यक्ष डा. राज कुमार, उपाध्यक्ष विक्रम थापा, कोषाध्यक्ष डोल बहादुर, सदस्यहरु राजकुमारी, रामबहादुर, पदमबहादुरको संयुक्त पहल तथा उपस्थितिमा सिदरामा आयोजित भेलाले  मूल प्रवाह एकता समाजको विषयमा समसामायिक चर्चा परिचर्चा सहित ७ सदस्यीय सिदरा एरिया संगठन समिति निर्माण गरेको छ । जस्माः अध्यक्ष– आरती, उपाध्यक्ष– विनादेवी, सचिव– रुपलाल, कोषाध्यक्ष– श्याम कोलु र सदस्यहरुमाः वोवी, किरन बहादुर र विमादेवी रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here