जम्मुमा एरिया समिति गठन

0
372

जम्मु १६ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जम्मु नगर समितिले संगठन विस्तार गर्दै नेपालीहरुको हकहित र अधिकारको लागि संघर्षरत छाता संगठन मूल प्रवाहलाई गाउँगाउँ वस्तीवस्तीहरुमा पुराउने दिशातर्फ प्रयास गरिरहेको छ ।

गत २२ अगस्तमा नवगठित नगर समितिका कार्यकर्ताहरु विक्रम थापा, डोलबहादुर र राजकुमारीको पहल तथा नगर अध्यक्ष डा. राज कुमारको विषेश उपस्थितिमा भगवती नगरमा आयोजित भेलाले विभिन्न समसामायिक विषयमा चर्चा परिचर्चा पछि ९ सदस्सिय भगवती नगर एरिया संगठन समिति निर्माण गरेको छ । जस्मा: अध्यक्ष– वलबहादुर, उपाध्यक्ष– कमला थापा, सचिव– दिलबहादुर, कोषाध्यक्ष– करणबहादुर र सदस्यहरुमा प्रेमबहादुर राना, श्यामलाल, आरती र रोहित रहेका छन् । एक स्थान रिक्त रहेको छ ।

जम्मु नगर समितिले शहरमा व्यापक सदस्यता अभियान सञ्चालन गरिरहेको छ । सदस्यता अभियान पश्चात समिति गठनको अभियान शुरु गर्ने नगर अध्यक्ष डा. राज कुमारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here