नविन बस्याल,
जापानमा धेरै नेपाली संघ संस्थाहरु छन् । कुनै संस्था नेपालका राजनीतिक पार्टीसँग सम्बन्धित छन् । तर अधिकांस संस्था नेपालका भिनिन्न जिल्लाका नामहरुबाट, अञ्चल सहकारी संस्थासँग आधारित संस्थाहरु छन् ।
यी संस्था चलाउने भनेको रेस्टुरेण्ट व्यबसायी, अध्ययनरत विद्यार्थीहरु, रेस्टुरेण्टमा काम गर्ने युवाहरुले नै हुन् ।
यी संस्था अन्तर्गतका मान्छेहरु निकै बेस्त हुने गर्दछन् । यहाँको महंगाई अनुसार सबै संधै भेटघाट भइरहने बाताबरण खास हुँदैन । कुनै कुनै ठाउँ नेपालीहरुको अली बढी बाक्लो भएका शहरहरुमा भेटघाट कार्यक्रम हुने गर्दछन् ।
बिभिन्न समयमा बिभिन्न कार्यक्रम आयोजना गर्ने कार्यक्रम हुने पनि गर्दछ । यी संघसंस्था अन्तर्गत नेपालका बिभिन्न सुख दुःखका समयहरुमा सहयोग गर्ने स्थानीय रुपमा पनि नेपालीहरुलाई कुनै समस्या भएको बेला सहयोग गर्ने गरिन्छ भन्ने हामी पुरानाहरुबाट जानकारी पाउने गर्दछौं ।
नेपालमा भर्खरै सम्पन्न स्थानीय निकाय, प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा पनि जापानमा रही नेपालका राजनीतिक पार्टी संगठनहरुसँग सम्बन्धित संस्थाहरुको भूमिका निकै उच्च रहेको जानकारिमा पाउने गर्दछौं ।
२०७३ बैसाख, १२ को महाभूकम्प पछि छिमिकी देशको तीन महिने नाकाबन्दी, बाढी पहिरोबाट पिडित परिवार जस्ता दुःखद समयमा खास गरी नेपालको राष्ट्रिय जनमोर्चासँग सम्बन्धित एकता समाजको महत्वपूर्ण भूमिका रहेको प्रत्यक्ष मीडियाहरुमा र साथीहरुसँग जानकारी भयो । देशको सुख दुखमा हेरी नबस्ने सबै नेपालीहरु अग्रसर रहने बताउँछन् । खास गरी नेपाल र नेपालीहरुका लागि जापान समस्यासँग नडराई सामना गर्न सकिउँछ । विश्वमा सबैभन्दा धेरै भूकम्प जाने देश जापानले केवल नेपाल र नेपालीलाई मात्र नभई विश्वलाई प्रतिरोध गर्न नयाँ नयाँ अविस्कारहरुको खोजीमा लाग्नु पर्ने सिकाउँछ । त्यस्तै समयलाई राम्रोसँग सदुपयोग गर्न जापानले सबैलाई निर्देशन दिएको छ ।
समस्याबाट नडाराई सामाना गरेर अगाडि बढन सिकाउने जापानको हिरोसिमा र नागासाकीलाई लक्षित गरि सन १९४५ अमेरिकाले ध्वस्त पारेको थियो । त्यो स्थानमा वर्तमानमा पनि बोट विरुवाहरु उम्रेका छैनन् । धनजनको कति धेरै नोक्सानी बेहोर्नु परेको जापानले सामाना गर्न गर्यो र विश्वलाई पनि त्यही सन्देश दिएको छ । आफ्नो अटुट लगावबाट मानिस जगतले संसार बदल्न सक्छ ।
तर समस्या नेपाली संघ संस्थाहरुमा त्यस प्रकारको जागरुकता देखिएको भने पाइंदैन । नत जापानमा पुगेर अकुत मात्रामा सम्पत्ती जोडनेहरुले नै स्वदेशलको दक्ष शक्तिलाई स्वदेश मै युपयोग गर्ने सोंच बनाएको छ । त्यस तर्फ सबै नेपाली संघ संस्थाहरु र दक्ष विद्वानहरुले ध्यान पुर्याउनु पर्ने देखिन्छ ।