जपानमा नेपालीहरुको अवस्था कस्तो छ ?

0
265

नविन बस्याल

जापानमा नेपालीहरुको अवस्था नेपालबाट सोंचेर जहाज चढेको भन्दा निकै फरक हुन्छ । नाम काफी भएको देश जापान भन्दा हुरुक्क भएर धेरै लगानिमा जापान छिर्ने गर्दछौं नेपाली युवाहरु । तर नेपालबाट जापानको एयरपोर्टमा झर्दा पहिलो पटक आउने नेपालीहरु किन आएँ भन्ने हुन्छ । न देश मिल्छ न भेष, न भाषा मिल्छ न संस्कृती । यहाँ पुग्दा कुन कम्पनीले बोलायो एयरपोर्टमा लिन जान यहाँको बेस्तता अनुसार संभावना हुँदैन । यहाँका स्थानीय मानिसहरुका निकै बेस्ततामा जीबन यापन गरी रहेका हुन्छन । रोजगारीको खोजीमा आएका हामी नेपालीहरुको जीबन यात्रा पनि त्यसरी नै बेस्ततापूर्णमा नै बितिरहेका हुन्छन् ।

जब जापान पुगेर आफ्नो जीबनका मिठासपूर्ण सपना भित्रका दिन प्रतिदिनका क्षणका सुरुवात हुन थाल्छन्, धेरै मान्छे अग्रिमेंट पेपर र भिषा अनुसार काम नसिकेरै जापान छिरेका हुन्छन् ।

यहाँ ज्ञान अनुसार काम र काम अनुसार दाम दिने प्रश्न उठछन् र त्यो सेतो सम्झौता पत्रमा लेखेको समय भन्दा ड्यूटी लामो हुने गर्दछ । कसैलाई सम्झौता अनुसार यहाँको नियममा टोके अनुसार सेलरी दिइदैन । विभिन्न कुराहरुमा बाँधिएका जापान छिर्ने नेपालीहरुको साेंचे भन्दा फरक जीबन हुन्छ ।

यहाँको नियम अनुरूपमा जीबन सुरू हुन्छ । जब बिभिन्न ट्याक्स, मेडिकल बिमा, अरु देशका मोबाईल जापानमा नचल्ने भएकोले यहाँकै नियम अनुसार मोबाईल बिल, कोठा भाडा, बाहिर आफ्नो ब्यक्तिगत खर्चले जापान पुगेका नेपालीहरुलाई पिरोली रहेको हुन्छ । त्यसै माथिको नेपालबाट आउँदा लिएका ब्याजे ऋण । विभिन्न सामाजिक सञ्जालहरुका भीत्तामा एकपलको खुसीको सुन्दर तस्बीर सार्वजनिक गरे पनि दिन प्रति दिनका बिविध कारणले जापानमा नेपालीहरुको अवस्था तनावपूर्ण नै छ ।

कसरी पुग्छन् नेपालीहरु सपनाको देश जापान ? एक पढौं रक्तिमका कलाकारको अनुभव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here