“छोरी जन्मीएको खुशी मनाउन नै पाइनँ”

0
188

हिसार, १० डिसेम्बर । भारतको हरियाणा हिसारमा एक नेपाली महिला प्रशवपिडाले निधन भएको खबर छ ।

उनी नेपाल कैलाली आदर्श गाउँपालिका २ लालपुर स्थायी निवासी सुरज कुमारकी श्रमती ललिता भएको खुल्न आएको छ ।

रोजगारीको सन्दर्भमा हिसारमा कार्यरत तथा आटोमार्केट हिसारमा वस्दै आएका थिए । “मेरी १९ वर्षिय श्रीमती ललिताको प्रशवपिडाले हस्पीटलमा नै निधन भयो ।” सुरजले भने ।
घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा हुनासाथ समाजका कार्यक्रताहरुसो हस्पीटलमा पुगी आवश्यक छानविन पश्चात विपदमा परेका सुरजलाई सहयोग गरेका थिए ।

सुरजका अनुसार आफू र ललीताको १० महिना पहिला मात्र बिबाह वन्धनमा वाधिएका थिए । १० डिसेम्बरका दिन ललीतालाई हिसारको सेवकसभा हस्पीटलमा भर्ना गरेपछि छोरी जन्मिएको खुशी मनाउन नपाउँदै डाक्टरहरुले उनको अत्यन्तै नाजुक स्थिति छ भनेर सुचना दिइएको सुरजले बताए ।

“डाक्टरहरुको जानकारी पाएकै केही बेर मै निधन भएको जानकारी पनि पाएँ” सुरजले भने– “छोरी जन्मीएको खुशी मनाउन नै पाइन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here