छैठौंको पदे्रश ३ले सिन्धुपाल्चोकबाट शुरु गर्यो “संघीयता विरुद्ध विद्यार्थी मार्च”

0
345

मंसिर १८, चौतरा । अखिल (छैठौं) ३ न. प्रदेशले संघीयता विरुद्ध विद्यार्थी मार्च कार्यक्रमको उद्घाटन आज सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसबाट गरेको छ । मार्चको उद्घाटन युनियनका केन्द्रीय सचिव तथा ३ न. प्रदेश इन्चार्ज सुवाश जि.सि.ले गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै जि.सि.ले संघीयता छिमेकीण्को प्रयोजनमा नेपालमा भित्रिएको र यसले तुरुन्त देशलाई खारेज गर्न सक्ने भन्दै संघीयतालाई नै खारेज गर्न अब सम्पुर्ण विद्यार्थीहरु एकजुट हुन अपिल गर्नुभयो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता युनियनका केन्द्रीय सदस्य सृजना जि.सि.ले र संचालन केन्द्रीय सदस्य प्रतिभा आचार्यले गर्नुभएको थियो । उद्घाटन पछि भएको भेलाले चौतारा बहुमुखी क्याम्पसमा रोशन भुजेलको अध्यक्षतामा १५ सदस्यीय मुल इकाई समिती गठन गरेको छ । संघीयता विरुद्ध विद्यार्थी मार्च देशभर नै पौष १५ गतेसम्म सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here