चिनियाँ विदेश मन्त्री वाङ उत्तर कोरिया जाँदै

0
311

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी उत्तर कोरिया जाने भएका छन् । उनी यही मे महिनाको २ देखि ३ तारिकसम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लू काङले जानकारी दिएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली विदेशमन्त्री रियोङ होको आमन्त्रणमा उनी उत्तर कोरियाको भ्रमणमा जान लागेको पनि उनले जानकारी दिए । पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका बारेमा एक महफ्वपूर्ण सम्झौता भएको थियो ।

त्यस्तै, उत्तर कोरियाली नेता उनसँग आफूले पनि केही हप्तामा भेटवार्ता गर्ने जानकारी शनिबार मात्र दिएका छन् । कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गरिन लागेको यो भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ ।

कोरियाले आणविक कार्यक्रम रोक्ने

यसैबीच, उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट अधिकारीले बताएका छन् ।

सो जानकारी उनले हालै मात्र भएको दक्षिण कोरियाली राष्ट्रपतिसागको भेटवार्ताका क्रममा दिएको दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकार युन योङ चानले बताएका हुन् । गत शुक्रबार भएको मुन र उनबीचको वार्ताका क्रममा कोरियाली नेता उनले सो जानकारी दिएको प्रवक्ता चानले बताए । प्रवक्ता चानका अनुसार उत्तर कोरियाली नेता उनले मे महिनामा राकिने सो आणविक कार्यक्रमको पर्यवेक्षणका लागि उहााले अमेरिकी विज्ञलाई पनि आमन्त्रण गरिने बताइएको छ ।

आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग केही हप्तापछि वार्ता गर्ने भनी दिएको जानकारीसागै दक्षिण कोरियाली राष्ट्रपतिका सल्लाहकारबाट यो भनाइ आएको छ ।

दक्षिण कोरियाले उत्तर कोरिया विरुद्ध प्रचार संयन्त्र हटाउने

त्यसैगरी, दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरिया विरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ ।

सो जानकारी दक्षिण कोरियाको रक्षा मन्त्रालयले सोमबार दिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार दक्षिण कोरियाले विगत लामो समयदेखि सीमा क्षेत्रमा राखेको रक्षा मन्त्रालय अन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने भएको हो । गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ । सो सम्झौता अनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक–अर्काको विरुद्धमा प्रचार प्रसारको काम पनि नगर्ने जनाएका थिए । सोही सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उक्त प्रचार संयन्त्र हटाउने जनाएको हो । आगामी मे १ देखि नै सीमा क्षेत्रमा उक्त संयन्त्र सीमा क्षेत्रमा नराखिने जानकारी दक्षिण कोरियाको रक्षा मन्त्रालयले दिएको छ ।

शुक्रबारको उक्त पानमुनजोम सम्झौताको पालना गर्ने पहिलो पहलस्वरुप सो संयन्त्र हटाउने निर्णय गरिएको दक्षिण कोरियाले जनाएको छ । गत शुक्रबार सम्पन्न भएको दुई कोरियाली उच्च नेताहरुको भेटवार्ता र सम्झौताले कोरियाली प्रायद्वीपमा शान्तिको पहल गर्ने देखिएको बताइएको छ । उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैटौं तथा त्यस समयसम्मको सबैभन्दा ठुलो आणविक परीक्षण गरेको थियो । त्यस क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप हुादै संसारमै ठुलो हलचल ल्याइदिएको थियो । त्यसयता भएका शान्तिका पहलहरुले सार्थकता पाउँदै गएको देखिएको छ । कोरियाली प्रायद्वीपमा १९५३ पछि कोरियाली जनता त्रास र अन्योलमा बााच्न बाध्य भएको सञ्चार माध्यमहरुले दावी गर्दै आएका छन् ।

कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले धेरैमा आशा थपेको बताइन्छ । उत्तर र दक्षिण कोरियाबीच उच्च स्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्ध अन्त्यको घोषणासागै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठुलो प्रगति भएको बताइएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएबाट पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा ठूलो परिवर्तन आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here