चित्र बहादुर केसी दिल्ली आउने

0
1452
नयाँ दिल्ली । स्पष्ट विचार र नीति बोकेका, सादगी जीवनका प्रतीक, जनमनमा अमिट छाप छोड्न सफल एक सच्चा राष्ट्रवादी आदर्श व्यक्तित्व जनप्रिय नेता चित्र बहादुर केसी चित्र बहादुर केसी दिल्लीमा आउने खबर छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री केसीको दिल्ली आगमन हुने खबरले भारतमा विभिन्न रोजगारका लागि पुगेका प्रवासी नेपालीहरु निकै उत्साहित देखिएका छन् ।
प्राप्त समाचार अनुसार केसी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव, नयाँ दिल्ली र ओखलाको सम्मेलन उद्घाटनका लागि दिल्ली पुग्ने बताइएको छ ।
मूल प्रवाहले २१ अप्रेल २०१८ देखि भारत व्यापी  नगर सम्मेलन अभियान सञ्चालन गरेको छ । ‘राष्ट्रियताको रक्षा गरौ, भारतस्थित नेपालीहरुको सुरक्षा गरौं, आ–आफ्नो स्थानबाट प्रवासी नेपालीहरुलाई मताधिकार र प्रतिनिधित्वको आवाज सहित नगर सम्मेलन सफल पारौं’ भन्ने मूल नारा अन्तर्गत नगर सम्मेलन अभियानका दौरानमा स्वदेशबाट छुट्टाछुट्टै स्थानहरुमा राष्ट्रिय जनमोर्चाका शिर्ष नेतृत्वको आतिथ्यता रहने बताइएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले चेन्नईमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भने चण्डीगढमा मोर्चाका केन्द्रीय सचिवालय सदस्य मनोज भट्टले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको बताइएको छ । हैदरवादमा पूर्व सांसद एवं अखिल नेपाल महिला संघकी राष्ट्रिय अध्यक्ष मिना पुनको गरिमामय आतिथ्यता रहने  निकट श्रोतले बताएको छ ।
भोपाल र श्रीगंगानगरमा राष्ट्रिय जनमोर्चा बाग्मतीका इन्चार्ज आनन्द शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । जयपुरमा नेकपा (मसाल)का पूर्व प्रवक्ता विमल शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
फरीदावादमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बाशुदेव पोख्रेल र हिसारमा अखिल नेपाल किसान संघका राष्ट्रिय अध्यक्ष भैरवराज रेग्मीले सम्बोधन गरि स्वदेश फर्कि सक्नु भएको छ ।
नेता चित्र बहादुर केसीले २४ जुनको गुडगाव नगर सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ भने १ जुलाईका दिन नई दिल्ली–ओखलाको संयुक्त घोषणा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here