घोडाघोडीको घट्नाप्रति मसालद्वारा निन्दा

0
574

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलिया निवासी २० वर्षीय युवती राधा चौधरी माथि बोक्सिको आरोपमा निर्घात कुटपिटको घटना बारे नेकपा (मसाल) कैलाली इलाका नं ३ ले घोर भ्रत्सर्ना गरेको छ ।

नेकपा (मसाल) कैलाली इलाका नं ३ ले विज्ञप्ती जारी गरि भनेको छः “आजको बैज्ञानिक युगमा बोक्सिको आरोपमा कुटपिटगर्दा गाउका मानिसहरु रमिते बनेर हेरिरहनु बर्तमान युगको समेत खिल्ली उडाएको र शिक्षाको धज्जी उडाइएको छ ।”

विज्ञप्तीमा अगाडि भनिएको छः “निर्दोष महिलामाथी मनोबैज्ञानिक दमन गर्दै अकल्पनिय शारिरिक यातनाको हामी कडा शब्दमा भत्सर्ना गर्दछौ ।”

उक्त घटना पश्चात् नगर प्रमुख द्वारा पत्रकारसँग गरिएको अन्तरबार्तामा घटनाप्रती गैरजिम्मेवारिपन देखाइएकोप्रति समेत मसालले आश्चर्यता प्रकट गरेको छ । “राज्य पक्षले सम्पुर्ण नागरिकको अभिभावकको भुमिका निर्बाह गर्नुको साटो रमिते बन्नुले नगर प्रमुख को हैसियत प्रस्ट भएको छ ।”

पासबिक, बर्बर, जंगली राउटे युगको झझल्को दिने गरि भएको घटनाका सम्पुर्ण दोशिहरुलाई कडा कारबाही गर्नुका साथै पिडित महिलाको उपचार र क्षतिपुर्तीको समेतल मसालले विज्ञप्ती मार्फत माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here