पार्टी सदस्यहरूको चिन्तनको गैर–सर्वहारा स्वरूपले व्यवहारमा, राजनैतिक र सङ्ठनात्मक दुवै अर्थमा कति धेरै नोक्सान पु¥याइरहेको छ र कतिपय अवस्थामा त्यो (चिन्तनको गैर–सर्वहारा स्वरूप) कसरी अवसरवादी र भद्दा रुपमा पनि देखापर्ने गर्दछ ? केही उदाहरणहरूबाट प्रष्ट हुनेछ । ए.के. को पार्टी एकता सिद्धान्त र राजनीतिलाई तिलाञ्जलि दिएर खुला र नाङ्गो प्रकारले गरिएको सा“ठगा“ठ थियो । तर त्यसको पक्षमा हाम्रो पार्टीमा पनि प्रबल झुकाव देखापरेको थियो । पञ्चायती तानाशाही कालमा चुनावको बहिष्कारको कार्यक्रमको बेलामा मात्र होइन, स्थानीय चुनावको उपयोगमा पनि हाम्रा थुप्रै साथीहरूमा पार्टी सदस्य वा समर्थकहरूमा पार्टीको नीतिलाई दृढतापूर्वक कार्यान्वित गर्नेबारे थुप्रै कमजेरी देखा परे र स्थानीय चुनावको बेलामा किसान मोर्चाको केन्द्रीय निर्देशनका विपरीत कैयौ“ स्थानहरूमा विरोधी पक्षका चुनाव चिन्हबाट लड्ने, अनुचित प्रकारले चुनावी गठबन्धन गर्ने, पराजयको भयले ग्रसित भएर वा आफ्नो आधार कम ठानेर आफ्नो स्वतन्त्र उमेदवारहरू उठाउन हिचकिचाउने वा विरोधी पक्षहरूसित असमान प्रकारका सम्झौता वा चुनावी तालमेल गर्न वा आफ्नो स्थिति मजबुत भएका स्थानहरूमा पनि विरोधी पक्षका गलत दावीहरूका अगाडि झुक्ने, एकता खलबलिने आशंकाले भण्डाफोरमा शिथिलता ल्याउने आदि गरिए ।
कार्यकर्ता र आर्थिक समस्याका लागि चिन्तनको गैर–क्रान्तिकारी स्वरूप जिम्मेवार :
पार्टीको राजनैतिक वा सङ्गठनात्मक कामहरूका लागि कार्यकर्ता र आर्थिक साधनको कमी गम्भीर समस्या हुन् । गत कालमा ती समस्याहरूको समाधानका लागि कैयौ“ योजनाहरू बनाइएका छन् र बारम्बार तिनीहरूलाई (कार्यकर्ता वा आर्थिक समस्याहरूलाई) समाधान गर्न प्रयत्न गर्ने गरिएका छन् । तर हामी न आजको पार्टी सङ्गठन र आन्दोलनको आवश्यकता पूरा गर्न र ठूलो सङ्ख्यामा कार्यकर्ताहरू तयार पार्न सफल भएका छौ“, न पार्टीको आधारलाई मजबूत पार्न । वास्तवमा हामीले समस्याको गहिराइमा गएर समस्यालाई बुझ्ने प्रयत्न ग¥यौ“ भने पाउनेछौ“ कि समस्याको मूलमा व्यवहारिक कारणभन्दा बढी हाम्रो चिन्तनको गैर–क्रान्तिकारी स्वरूपले नै काम गरेको छ । त्यसप्रकारको दृष्टिकोणका कारणले नै हामी पार्टीका लागि बढी सक्रिय हुन, पार्टीलाई बढी आर्थिक सहयोग गर्न र पार्टीका लागि जनताको बीचबाट चन्दा उठाउन असमर्थ भएका हुन्छौ“ । विभिन्न जनवर्गीय सङ्गठनहरूबाट पार्टीलाई वा जिल्ला पार्टीहरूबाट केन्द्रलाई सहयोग गर्ने प्रश्नमा देखिने हिचकिचाहटका पछाडि पनि हाम्रो चिन्तन र दृष्टिकोणमा रहेको कमजोरी काफी हदसम्म जिम्मेवार छ । त्यस सन्दर्भमा केन्द्र मजबुत नभए सबै पार्टी कमजोर हुन्छ वा पार्टी कमजोर भए जनवर्गीय सङ्गठन र सम्पूर्ण आन्दोलन कमजोर हुन्छ भन्ने दृष्टिकोणमा स्पष्टताको कमीले पनि आर्थिक वा कार्यकर्ताको समस्याको समाधानमा बाधा पुग्ने गरेको छ । त्यसरी कार्यकर्ता र आर्थिक कमीको परिणामस्वरूप सङ्गठनात्मक विस्तार सुदृढीकरण वा आन्दोलनको विकास जुन सम्भावनाहरू छन्, तिनीहरूलाई पनि उपयोग गर्न र क्रान्तिका लागि आवश्यक आत्मगत भूमिका पूरा गर्न हामी पछाडि परिरहेका छौ“ ।
पार्टीमा व्याप्त गैर क्रान्तिकारी चिन्तनका कारणले सशस्त्र सङ्घर्षको प्रश्नबारे पनि कैयौ“ गलत प्रकारका सोचाइहरू देखा पर्ने गर्दछन् । सशस्त्र सङ्घर्षका लागि एकातिर वस्तुगत परिस्थिति तैयार हुनु आवश्यक हुन्छ भने, अर्कातिर, त्यसप्रकारको परिस्थिति तैयार पार्नका लागि हामीले आत्मगत रूपमा पनि सैद्धान्तिक, राजनैतिक र सङ्गठनात्मक तैयारी गर्नुपर्ने आवश्यकता हुन्छ । तर हाम्रो निम्न–पू“जीवादी दृष्टिकोणले हामीलाई त्यसप्रकारको जिम्मेवारी पूरा गर्न रोक्दछ । त्यसप्रकारको गलत दृष्टिकोणको परिणामस्वरूप तीन प्रकारका सोचाइहरू अगाडि आउ“छन् प्रथम, क्रान्तिकारी परिस्थिति निर्माणका लागि परिश्रमबाट भाग्ने, द्वितीय, सशस्त्र सङ्घर्षका लागि तीब्र आकांक्षा, तर स्वयं त्यसमा सामेल भए पनि त्यसमा निरन्तर लाग्न नसक्ने वा तृतीय, क्रान्तिकारी परिस्थिति तैयार पार्न कुनै परिश्रम नगरीकन सशस्त्र सङ्घर्षमा कुद्न चाहने । बताइरहनुपर्ने आवश्यकता छैन कि यसप्रकारका प्रवृत्तिहरू प्रायशः बेग्लाबेग्लै अवसरवादी भड्कावहरूका रूपमा देखापर्ने गर्दछन् । यसप्रकारका गलत सोचाइहरू अन्ततः गैर–सर्वहारा चिन्तनका, सशस्त्र सङ्घर्षसम्बन्धी माक्र्सवादी सिद्धान्तप्रतिको स्पष्ट धारणाका कमीका परिणाम हुन्छन् । त्यसप्रकारको स्पष्ट सोंचाइको अभावमा हामी प्रायशः त्यससम्बन्धी भाइचारा पार्टीहरूका गलत सोचाइहरूको पनि अन्धानुकरण गर्न पुग्दछौ“ ।
अन्तर्राष्ट्रिय पिछलग्गुपन :
हाम्रो चिन्तनको गैर–सर्वहारा स्वरूपका कारणले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सन्दर्भमा पनि सही दृष्टिकोण अपनाउन सम्भव हुन्न । त्यसको परिणाम यो हुन्छ कि कुनै विषयमा सही माक्र्सवादी–लेनिनवादी सिद्धान्त र ठोस परिस्थितिको ठोस विश्लेषण गरेर कुनै नीति निर्धारित गर्नुभन्दा एक वा अर्को प्रकारको, पिछलग्गुपन वा हावाको पछाडि बग्न थाल्दछौ“ । त्यो क्रममा कुनै बेला हाम्रा विचारहरू प्रतिक्रिया अवसरवादीहरूका प्रचार, दबाव वा उनीहरूबाट उत्पन्न खतरा आदिका आधारमा हाम्रा विचारहरु बन्ने गर्दछन् भने कुनै बेला भाइचारा पार्टीहरूको प्रभावमा परेर सिद्धान्त, समानता वा सर्वहारा अन्तर्राष्ट्रियवादको उपेक्षा गरेर उनीहरुको अन्धानुकरण गर्न वा उनीहरूप्रतिको पिछलग्गुपनको नीति अपनाउन थाल्दछौं ।
यो पनि पढ्नुहोस् विश्व दृष्टिकोण बारे मोहन विक्रम सिंह के भन्नु हुन्छ
कतिपय अवस्थामा प्रतिक्रियावादी वा अवसरवादीहरूको प्रचार वा दबावमा आएर सर्वहारा अन्तर्गत अन्तर्राष्ट्रिय स्तरमा क्रान्तिकारी सम्बन्ध आदिलाई खुला स्वीकार गर्न हिचकिचाउ“छौ“ र अन्धराष्ट्रवादका शिकार बन्न पुग्दछौ“ । यसप्रकारका थुप्रै प्रसङ्गहरू अन्तर्राष्ट्रिय र नेपालको पनि कम्युनिस्ट आन्दोलनमा पाइन्छन । त्यसै गरेर सही माक्र्सवादी–लेनिनवादी चिन्तनको अभावमा भाइचारा पार्टीहरू वा उनीहरूका सिद्धान्त र नीतिहरूप्रति सही दृष्टिकोण अपनाउन सम्भव हुन्न । हामीले त्यसप्रकारका प्रश्नहरूमा माक्र्सवाद–लेनिनवाद, सर्वहारा अन्तर्राष्ट्रवाद र समानताका आधारमा सोंचेर निर्णय गर्नुभन्दा प्रायशः यान्त्रिक अन्धानुकरण वा पिछलग्गुपनको नीति अपनाउन पुग्छौ“ ।
रूढीवादी चिन्तन :
पार्टीभित्र परम्परागत रूढीवादी चिन्तन अझै पनि प्रसस्त पाइन्छ । खास गरेर छुवाछूत प्रथा, परिवार, महिला, सम्पति, यौन र विवाह, आजा–पूजा, धार्मिक कार्यसम्बन्धी प्रश्नहरूमा हाम्रो चिन्तन माक्र्सवादी–लेनिनवादी दृष्टिकोणलेभन्दा परम्परागत धार्मिक संस्कार, समाजका पिछडिएका सोचाइहरूबाट बढी प्रभावित भएको पाइन्छ । कतिपय प्रश्नहरूमा सम्बन्धित प्रश्नहरूमा माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबारे जानकारी नभएकाले, स्वयं आफूभित्रको परम्परागत संस्कारका कारणले वा सामाजिक दबावका विरुद्ध जाने आत्मबलको कमीले पनि त्यस्तो हुने गर्दछ । जुनसुकै कारणले भए पनि त्यस प्रकारको चिन्तनले पार्टीलाई यथास्थितिवादी बनाउ“छ । हाम्रो पार्टीले खालि राजनैतिक प्रश्नहरूमा मात्र होइन, सामाजिक प्रश्नहरूमा पनि क्रान्तिकारी दृष्टिकोण अपनाउनुपर्दछ र वर्तमान सामाजिक स्वरूपमा परिवर्तनका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता छ र हुन्छ । तर पार्टीमा व्याप्त भएको रूढीवादी चिन्तन प्रणालीले त्यसप्रकारको भूमिका खेल्न हामीलाई कमजोर बनाएको छ र पछाडि पारेको छ ।
क्रमश…………..