गुल्मीकाे शान्तीपुरमा एक घरमा अागलागी, एक किशाेरकाे मृत्यु

0
26

गुल्मी । गुल्मी जिल्लाकाे शान्तीपुर बजारमा रहेकाे एक घरमा आगलागी भएको छ । आगलागीबाट १५ वर्षीय समिर खनालकाे मृत्यु भएकाे छ भने घरधनी बरेङ गाउँ पालीका वडा नं. २ का वडा अध्यक्ष पूर्ण खनाल, उहाँकी पत्नी र जेठाे छाेरा गम्भीर घाइते हुनुभएकाे छ ।

आगलागीमा परि घाइते भएका तिनैजनालाइ उपचारका लागि पाल्पा पठाइएको भए पनि पाल्पाबाट काठमाण्डाै रेफर गरिएकाे र हाल किर्तिपुर अस्पताल काठमाणडाैंमा उपचार भैरहेकाे स्थानीय व्यापारी नरबहादुर विकले जानकारी दिनुभयाे ।

खनालको गुुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपूर बसपार्कमा रहेको ३ तले पक्की घरमा बिहान ११ः५० बजे आगलागी भएको थियो ।  पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३/४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको वि.कले बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here