गुजरात भावनगरमा दोश्रो नगर सम्मेलन सम्पन्न 

0
374
भावनगर, ६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत भावनगर नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । सुवास रसालीको सञ्चालन तथा खगेन्द्र सोनीको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई यमरोद टमोटाले स्वागत गर्नुभएको थियो ।
सम्मेलनले सुवास रसालीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– मनोज विक, सचिव– सुवास रसाली, सहसचिव– प्रेम बहादुर साउँद र कोषाध्यक्ष– राजकुमार थापा रहेका छन् । त्यस्तै सदस्यमाः जसवीर सुनार, गंगा राम मिजार, दिलिप लोहार, वेद बहादुर लोहार, जनक साउँद, प्रेम विष्ट, वैकल्पिक सदस्यमाः हिरासिंह बंगारी र विशाल क्षेत्री रहेका छन् । त्यस्तै सम्मेलनले शिवराज रेग्मी र अर्जुन रावतलाई सल्लाहकार चयन गरेको छ ।
सम्मेलनका प्रमुख अतिथि केन्द्रीय सचिव प्रेम पौडेलले नयाँ समितिलाई बधाई मन्तव्य दिने क्रममा भारत प्रवासमा नेपालीहरुका विचमा समाजिक सद्भावको विकास र उन्नतीका लागि सम्पूर्ण शोषित पिडीत श्रमजीवी नेपालीहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डामुनी गोलबन्द हुनु पर्नेमा जोड दिनुभएको थियो ।
पौडेलले अगाडि भन्नु भयो– १९५० को नेपाल–भारत मैत्री सन्धिले दिएको अधिकार अनुसार नै भारतमा नेपालीहरु माथि व्यवहार हुनु पर्नेमा जोड दिनु भयो । भारतमा नेपालीहरुलाई राशन कार्ड, आधारकार्डको अभावमा विभिन्न प्रकारका समस्याहरु झेल्नु परेकाले नेपाली नागरिकताको आधारमा नै नेपालीहरुलाई सम्पूर्ण प्रकारका सुविधाहरु मुहैया गराउन नेपाल सरकारले भारत सरकारसँग छलफल अगाडि बढाउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।
त्यस्तै केन्द्रीय सदस्य तथा क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्की, केन्द्रीय सल्लाहकार तथा महिला क्षेत्रीय विभागकी अध्यक्ष रमकला काउछा, समाजसेवी जयसिंह टमटा, समाज सेवी भुपेन्द्र राजपुत लगायतले नयाँ समितिलाई वधाई तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो ।
रक्तिम पश्चिम भारत क्षेत्रीय कलाकारहरुद्वारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here