गीतः मृत्यु त एकदिन आउनेछ पक्कै, तर नि डर्दैनौ

0
657

रचना : खिमराज चालिसे (चंडीगढ़)
संगित : जुना चालिसे तथा खिमराज चालिसे

मृत्यु त एकदिन आउनेछ पक्कै तर नि डर्दैनौ…२
ज्वालामुखीको लाभा मै हिडछौ
तर नी मर्दैन“ ……२

नशानशामा क्रान्ति विगुल मुटुमा साहास छ ।
आकासै चिर्ने हुंकार भर्ने अदम्य साहस छ।
दुखिका वस्ती जाग्दैछन् अव उज्यालो वलेर।
हार्दै न हार्ने दह्यो छ मुटु मर्दैन ढलेर।
मृत्यु त एकदिन…….२

सुतेका वस्ती उठाउँछौ अव संघर्ष गर्नलाई ।
जनशक्तिको भेल छ यहा व्यवस्था फाल्नलाई ।
शोषणमुक्त समाज वन्छ यो हाम्रो चाहाना ।
टाउकोमा कात्रो वानेर गर्छौ हामीले सामना ।।
मृत्यु त एकदिन…………२

विचारले दृढ़ शरीर स्पात गल्दै जो गल्दैन ।
दुष्टको गोली सहन्छ मुटु जल्दै जो जल्दैन ।।
उठौं है मुक्तियोद्धा हो अव संसार वदल्न ।
गरिवको सत्ता ल्याउन ला सारा संसार वदल्न ।।
मृत्यु त एकदिन………३

(यो गित महिला विभाग चंडीगढ़को भेलामा जुना चालिसे र खिमराज चालिसेले २७ जनवरी २०१९ को प्रतुत गरेका थिए)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here