गजल

0
206
  • कल्पना पौडेल “जिज्ञासु”

राष्ट्रको शिर वैरी सामु झुक्न नदेऊ नयाँ सरकार
देशप्रतिको जिम्मेवारी चुक्न नदेऊ नयाँ सरकार

शहिदले रगत बगाई सिर्जिएको नेपाल हाम्रो
दुश्मनलाई वरिपरि ढुक्न नदेऊ नयाँ सरकार

डाँडाकाँडा पखेरालाई हराभरा बनाउनुछ
नदी नाला झरनालाई सुक्न नदेऊ नयाँ सरकार

हिमाल पहाड तराईलाई एउटै मालामा उन्नुपर्छ
एकताको त्यो डोरी फुक्न नदेऊ नयाँ सरकार

आँच नआओस् स्वाभीमानमा , गोर्खालीका सन्तान हो
देशद्रोहीलाई मौका छोपी झुक्न नदेऊ नयाँ सरकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here