गजल: स्वदेशमै काम पाएनौं हामीले

0
49

गजल

स्वदेशमै काम पाएनौं हामीले
काम पछी माम पाएनौं हामीले ।

आयौं परदेश जहाज चढेर हामी
भने जती दाम पाएनौं हामीले ।

संघर्ष भयो लगनशील निष्पक्ष
ईनाम सहित नाम पाएनौं हामीले ।

दुःखको एक चिट्ठी लेखेउँ देशलाई
पठाउने एउटा खाम पाएनौं हामीले।

नवीन बस्याल प्यूठान
हाल जापान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here