गजल: सन्दर्भ पृथ्वी जयन्ती

0
42
  • केशव गाह पाल्पाली

पृथ्वी नारायण शाह राजाको कुरै नगर
बिखन्डनकारीले एकताको कुरै नगर

आफ्नो मान सम्मान बेचेर बसेकाहरूले
उनको इतिहास र गरिमाको कुरै नगर

सिमाना मिचिंदा मौन हुने कायरहरूले
गोर्खाली बीर अमर थापाको कुरै नगर

शीरको टोपी दुश्मनको सामु खसाउनेले
झुक्दै नझुक्ने सगरमाथाको कुरै नगर

मन भरी कसिंगर भरेका ए शासक हो
स्वच्छ हिमाल यो बन पाखाको कुरै नगर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here