खेलकूद कार्यक्रम सम्पन्न

0
261

श्रीगंगानगर, ३१ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत सेतिया फारम खेल बिभागको आयोजनामा भलिबल खेल प्रतियोगिता सम्पन्न भएकोछ ।

तेजपाल भण्डारीको अध्यक्षतामा र नारायण न्यौपानेको सञ्चालनमा सम्पन्न खेल प्रतियोगितामा अतिथीहरु मूल प्रवाह केन्द्रीय सदस्य कृष्ण जिसी, रक्तिम बिभागका हुकुम जिसी, मूल प्रवाह नगर समितिका रेशम भण्डारी, चिन्तामनी भटराई, जागेश्बर न्यौंपाने, मिनराज पून, गिरीराज भटराई, शुकदेब रिजाल, माधब भण्डारी, खेल बिभाग नगर अध्यक्ष हरि न्यौंपाने, जोहाहर नगर एरियाका रूकराज भण्डारी लगायतको अतिथि आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पश्चात उपस्थिति जनसमुदायलाई डिलाराम भट्टराईले स्वागत गर्नु भएको थियो ।

खेलकूद प्रतियोगिताको उद्घाटन केन्द्रीय सदस्य कृष्ण जिसीले गर्नुभएको थियो । लामो र कडा प्रतिस्पर्धा पछि प्रथम सेतिया फारम (ए), द्वितीय सेतिया फारम (बि) र तृतीय पूरानी आबादी एरिया विजयी भएका थिए । विजयी टिम तथा खेलाडीहरुलाई केन्द्रीय सदस्य कृष्ण जीसीले पुरस्कृत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here