खुनाको हत्याकाण्डप्रति छैठौंद्वारा भत्सर्ना

0
276

भदौ ९, काठमाडौं । कञ्चनपुरमा २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न माग गर्दै भदौ ८ गते भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १४ वर्षका शनि खुनाको निधन भएको छ । उक्त हत्याकाण्डको अखिल (छैठौं)ले भत्सर्ना गरेको छ । छैठौंका अध्यक्ष विमल पोखरेलले एक प्रेस विज्ञप्ती जारी गरि सो भत्र्सना गरेको हो ।

पोखरेलले विज्ञप्तीमा भनेका छन्– “बलात्कार र हत्यामा संलग्न दोषी, गोली चलाउने र आदेश दिने अधिकारीमाथि कारवाही गर्न तथा निर्मला पन्त र शनि खुनाको परिवारलाई उचित राहत उपलब्ध गराउन माग गर्दछौं ।”

निर्मला हत्याको दोषीलाई कडा कारवाही गर्न छैठौंको केन्द्रीय समितिको आयोजनामा सुरुमै कञ्चनपुरमा प्रदर्शन गर्दै आवाज उठाएको थियो । “अहिले भएको आन्दोलनप्रति हामी ऐक्यबद्धता प्रकट गर्दछौं । देशभर बलात्कार र हत्याहिंसाका घटना बढिरहेका छन् ।” (छैंठौं)ले विज्ञप्तीमा भनेको छ– “अपराधमा संलग्नमाथि कडा कारवाही गर्न र यस्ता अपराध हुन नदिन सचेतता अपनाउन जिम्मेवार हुन अपील गर्दछौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here