क्यासिनोलाई सर्वोत्कृष्ट पुरस्कार

0
148
नयाँ दिल्ली । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोंङले सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ ।
                     भारतका पर्यटन मन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलले क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा महाप्रबन्धक अमूल्य विक्रम राणालाई उक्त सम्मान प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योगमध्ये सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटनसम्बन्धी वृत्तचित्र प्रस्तुत गरेको थियो ।
               विसं २०६९ पुस १२ मा क्यासिनो महाजोंङ सोल्टी होटलको परिसरमा सञ्चालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम रु २५ करोड चुक्ता शेयर पुँजी भएको महाजोंङ इन्टरटेन्मेण्ट प्रा. लि. आफैले क्यासिनो सञ्चालन इजाजत प्राप्त गरी २०७१ माघ २१ देखि सोल्टी होटलको परिसरमा क्यासिनो सञ्चालन गर्दै आइरहेको छ । हालसम्म कम्पनीले रु २८ करोडभन्दा बढी राजश्व दाखिला गरिसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here