कोयम्बटोरमा अरसुर एरिया गठन

0
222

कोयम्बटोर, २१ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समिति अन्तर्गत अरसुर एरिया संगठन समितिको तेश्रो भेला सम्पन्न भएको छ । प्रेम नेपालीको अध्यक्षता तथा भिम बहादुर हितांगको सनचालनमा अगाडी बढेको कार्यक्रममा सहिदहरुप्रती १ मिनेट मौनधारण पश्चात उपस्थित जनमानसलाई मनोज नेपालीले स्वागत गर्नुभयको थियो ।

क्षेत्रीय समितिका नरेन्द्र कुमार नेपाली, रेशम थापा, रविशंकर शर्मा, नगर समितिका गोपाल शर्मा र चन्द्र प्रसाद पौडेलको आतिथ्यता रहेको सो भेलाले भिम बहादुर हितांगको अध्यक्षतामा अरसुर एरिया समिति गठन गरेको छ ।

जसमाः उपाध्यक्ष( मनोज नेपाली, सचिब( दिपक घर्ति, सह सचिब( प्रेम नेपाली, कोशाध्यक्ष– भिम थापा, सदस्यहरुमाः किशन बसेल, दल बहादुर घर्ती, वैकल्पिक सदस्यमाः बिनोद सुनार र कुमारी थापा रहेका छन् ।

नयाँ समितिलाई क्षेत्रीय सदस्य नरेन्द्र कुमार नेपाली, रेशम थापा, रविशंकर शर्मा, नगर समितिका गोपाल शर्मा र चन्द्र प्रसाद पौडेलले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here