किमद्वारा प्रतिबन्धको आलोचना

0
147
सिओल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार नेता किमले मुलुकको उत्तरमा निर्माणाधीन परियोजनाको निरीक्षणका क्रममा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाको सकारात्मक पहललाई अझै बुझ्न नसकेको बताए । पत्नी सहित उच्च अधिकारीका साथमा रहेका किमले साम्जियोन काउन्टीमा सञ्चालित विकास परियोजनाको निरीक्षण गरेका थिए । यो परियोजना स्थल उनका बाबु कीम जोङ इलको जन्मस्थान हो ।
             “दुश्मनले लगाएको प्रतिबन्ध र अबरोधक क्रियाकलाप हाम्रो समाजवादमाथिको विकासमा गम्भीर बाधा उत्पन्न गरिरहेका छन्” कीमको भनाइ उद्धृत गर्दै के.सी.एन.ए. ले भनेको छ– “कठिन परिस्थितिमा पनि महान् नेताको नेतृत्वमा आम जनताले ऐतिहासिक सफलता प्राप्त गर्नेमा हामी ढुक्क छौँ ।”
                गत साता किमले पूर्वी तटीय क्षेत्रमा निर्माणाधीन वोन्सान–कल्माको निरीक्षणका क्रममा पनि दुश्मनले लुटेरा शैलीमा अवरोध गरेको आरोप लगाएका थिए । किमले अमेरिकाकातर्फबाट दबाब सिर्जना गर्न विगतमा उत्तर कोरिया विरुद्ध लगाइएका आर्थिक तथा अन्य प्रतिबन्ध खुला गर्नुको साटो अझ कडा पारेको भन्दै आलोचना गरिरहेका छन् । अमेरिकी अर्थ मन्त्रालयले बुधबार मात्र उत्तर कोरियामाथि लगाइएका आर्थिक अवरोधलाई बेवास्ता गर्ने चिनियाँ र रूसी फर्ममाथि नयाँ प्रतिबन्ध लगाएको थियो । – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here