का.श्यामलाल आचार्यको प्रथम स्मृति सभा सम्पन्न

0
230

चंंडिगढ, ६ डिस । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका तात्कालिन सक्रिय सदस्य तथा ऐरावती गाउपालिका १ दाङवाङ कोलवोट प्युठान स्थायी निवासी का. श्यामलाल आचार्यको स्मृती सभा सम्पन्न पारिएको छ । भारतको चण्डीगढस्थित २९४ खुड्डाअलीशेरमा रहँदै आएका वर्ष ५० का. श्यामलाल आचार्यको व्रेन ट्यूमर रोगबाट गत वर्ष असमायिक निधन भयको थियो ।

मृतक श्यामलाल आचार्यका दाजु तेजपाल आचार्यको अध्यक्षता तथा नेपाली समाचारका सम्वाददाता तथा क्षेत्रीय सलाहकार खिमराज चालिसेको संचालनमा अगाडि बढेको सो सभामा २ मिनट मौनधारण पश्चात मूल प्रवाहको क्षेत्रीय सदस्य एवं श्यामलालको भाइ प्रेम आचार्यले स्वागत गर्नुभएको थियो ।

सो सभामा मृतक का.श्यामलाल आचार्यको फोटोमा अविर तथा माल्यार्पण गरिए पछि का. श्यामलालको सांगठानिक योगदानको चर्चा गर्दै मन्तव्य दिनेहरुमा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, सल्लाहकार तिलक पौड्याल, राजमो दांङ राप्ती गाउँपालिकाका विष्णु आचार्य, नगर अध्यक्ष मानबहादुर केसी, सहसचिव थानेश्वर पाण्डे, विद्यार्थी केन्द्रीय सदस्य विष्णु वेल्वासे, विद्यार्थी क्षेत्रीय अध्यक्ष तथा एडवोकेट माधव पोख्रेल, महिला क्षेत्रीय विभागकी माया आचार्य, महिला नगर विभागकी कोषाध्यक्ष जमुना खडका, जनजाति विभागका थमन थापा, रक्तिम विभागका अर्जुन विक, खेल विभागका शमशेर केसी, समाता विभागका दुर्गा विक मूल प्रवाहबाट प्रेम गुरुङ, वालाराम न्यौपाने लगायत हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा श्यामलाल आचार्यकी श्रीमती विमला आचार्यले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here