केशव गाहा, पाल्पाली
देशमा शान्ति भैदीए कस्तो होला
दलाल सबै सकिए कस्तो होला
कुर्चिको निम्ति लडाई लड्नु भन्दा
सिमानामा गै उभिए कस्तो होला
चुनावको बेला भ्रष्टाचारीलाई
अमूल्य मत नदिए कस्तो होला
बन्द कल कारखानाहरू सबै
देशमा पुनस् खोलीए कस्तो होला
विदेशीने युवाहरूको पसीना
आफ्नै माटोमा पोखीए कस्तो होला
बिखन्डनकारिले यति त सोच
तनको मुटु चुंडिए कस्तो होला ।