“कस्तो गणतन्त्र ?“

0
247

समृद्ध नेपाल सुखी नेपाली,
भन्छौ मुल मन्त्र
१८ करोडको गाडी चाहिने,
कस्तो गणतन्त्र ?
औपनिबेशिक शासनबाट,
भन्छौं छौ स्वतन्त्र
न्याय माग्दा गोलि ठोक्ने,
हाम्रो लोकतन्त्र !
सिन्डिकेट अन्त्य गर्छौ,
भन्दै फुँइ छाडछन्
संघीयताको लागि ऋृण माग्न,
अरुको बुइ चडछन्
कहिले होला यो देशमा,
निर्मलाले न्याय पाउने ?
सबै मिलि एक भइ,
स्वाभिमानी गीत गाउने
सुनकाण्ड भ्रष्टाचार,
फेरि उस्तै लुटतन्त्र
घुँडा टेकाइ टीका थाप्ने,
कस्तो गणतन्त्र ?
सार्वभौम जनता हुन,
भन्छौं स्वाभिमानी
कहिले होला बन्ने हामी,
बुद्द जस्तै ज्ञानी ?
दोषीलाई कार्वाही छैन,
प्रहरी पनि उस्तै
न्याय र समानताको फेरि,
भाषण भने सस्तै
रोजगारको लागी नेपाली सधैं,
बिदेश नै धाउनुपर्ने
शोषकलाइ राज नै छ,
शोषितले दुःख पाउनुपर्ने ।
उस्तै छन बलात्कारी फेरि,
त्यस्तै छन हत्यारा
कहिले होला बन्ने न्याय दिने,
संविधानको धारा?
जुर्मुराइ उठनुपर्छ अब,
नेपाली जनता सारा
यो देशको रक्षा गर्ने,
हामी सबको अभिभारा
साथमा जे छ त्यही बोकि,
आन्दोलनमा हिंड
वर्गरहित समाजका लागी,
दुश्मनसँग भिड
सबै मिलि गाउनुपर्छ,
क्रान्ती चरी गीत
शोषकलाई सिद्दाउन,
भाइ–भाइमा मीत
दुश्मनसँग झुक्दै नझुक्ने,
दृढ अठोट छ हाम्रो
न्याय र सत्यताको मिश्रण बनाइ,
गाउनुछ गीत राम्रो
जता हेर्यो त्यतै छ,
बेथितिको तन्त्र
राष्ट्रप्रमुख मन्दिर धाउने,
कस्तो गणतन्त्र ?

(मितिः २०७५(०८(०८)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here