कलाकारहरुलाई प्रशिक्षण सहित सम्मान प्रदान

0
271
हिसार, २९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा रक्तिम कलाकारहरूलाई प्रशिक्षण सहित सम्मान कार्यक्रम सम्पन्न पारिएको छ । चन्द्र प्रसाद गैरेको अध्यक्ष्तामा तथा तारा सोमरेको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा विभिन्न अतिथीहरु आसन ग्रहण पछि ज्ञात अज्ञात शहीदहरुप्रती १ मिनट मौनधारण पश्चात हुमकान्त अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो ।
           केन्द्रीय  सल्लाहकार देवी प्रसाद पौडेल र क्षेत्रीय सदस्य योगेन्द्र दर्लामीले संगठनात्मक  तथा  सांस्कृतिक लगायतका विषयहरुमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रमको अन्तमा कलाकार साथीहरूलाई पुरस्कार सहित सम्मानित गरिएको थियो ।
            देवि प्रसाद पौडेल, योगेन्द्र दर्लामी, आत्मराम न्यौपाने, महिला क्षेत्रबाट डोलमाया बिक, नगर अध्यक्ष वसन्त दर्लामी, समता बिभागका संयोजक खडक सिहं, जनजाति बिभागबाट केहर सिंह घर्ती मगर, महिला नगर बिभागबाट सीता शर्मा लगायतले शुभकामना मन्तव्य  दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here