करवृद्धि र सङ्घीयताका विरुद्धमा युवक सङ्घद्वारा सङ्घर्षको घोषणा

0
193
काठमाडौँ । अखिल नेपाल युवक सङ्घ काठमाडौँले करवृद्धि र सङ्घीयताका विरुद्धमा विरोध सभाका कार्यक्रमहरू घोषणा गरेको छ । अध्यक्ष भक्त वि.क.को अध्यक्षतामा २०७५ भदौ ५ गते बसेको बैठकले सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो । युवक सङ्घले देशव्यापी रूपमा “जागौँ युवा लागौँ युवा” अभियान सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत काठमाडौँ जिल्लामा करवृद्धि र सङ्घीयताका विरुद्ध विरोध सभाका कार्यक्रमहरू बैठकले तय गरेको सचिव विष्णु शर्माले बताउनुभयो ।
सचिव शर्माका अनुसार करवृद्धि र सङ्घीयताका विरुद्धको सो विरोधसभा कार्यक्रमका लागि बैठकले मूल नारा–“सङ्घीयता चाहिंदैन, कर वृद्धि गर्न पाइदैन” तय गरेको छ । घोषित विरोध सभाका कार्यक्रमहरूलाई राष्ट्रिय जनमोर्चा र युवक सङ्घका केन्द्रीय नेताहरूले सम्बोधन गर्नु हुनेछ ।
विरोध सभाका कार्यक्रमहरू २०७५ भाद्र ७ गतेदेखि १६ गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा सञ्चालन हुनेछन् । जस अनुसार ७ गते गङ्गबु चोकमा, ८ गते माछापोखरी, ९ गते बसुन्धरा, ११ गते चावहिल, १३ गते कोटेश्वर, १५ गते भोटाहिटी र १६ गते सुन्धारामा विरोध सभाका कार्यक्रमहरू बैठकले तय गरेको सचिव शर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here